सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खुलासाः फेसबुकमा काम गर्नु उत्तर कोरियामा काम गरे सरह, तानाशाहीको झझल्को

शुक्रबार, १७ असार २०७३, १८ : ०३
शुक्रबार, १७ असार २०७३
काठमाडौं । फेसबुकबाट निकालिएका एडभरटाइजिङ म्यानेजरले कम्पनीको कार्यशैली बारे खुलाशा गरेका छन् । एन्टोनियो ग्रेशिया मार्टिनेज नामका यी व्यक्तिले किताब लेखेर फेसबुक र मार्क जुकरबर्ग बारे टिका टिप्पणाी गरेका हुन् । उनका अनुसार फेसबुकले कर्मचारीहरुलाई २० घण्टासम्म काम गराउने गरेको र कर्मचारीको ध्यान अन्त नमोडियोस् भन्नका लागि महिलाहरुलाई ड्रेस कोड राखिएको बताए । कम्पनीबाट निष्कासित एन्टोनियोले फेसबुकमा काम गर्नु उत्तर कोरियाको काम गरेसरह हो भनेका छन् । ‘फेसबुकमा विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ, जसले तानाशाहीको झल्को देखाउँछ ।’ उनी भन्छन्, ‘जब कुनै नयाँ कर्मचारीको कम्पनीमा आवागमन हुन्छ तब उनलाई फेसवर्सरी भनिन्छ । उनको लागि क्रिसमसमा दिइने जस्तै पार्टी दिइन्छ । अर्कोतर्फ, जब कोही कम्पनी छोड्छ तब उनलाई ‘डेथ’ भनिन्छ । उनको आइडी कार्ड तहस नहस पारेर फोटो अपलोड गरिन्छ ।’ फेसबुकका कर्मचारीमाथि पनि कडा निगरानी हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीमाथि निगरानी राख्नको लागि गुप्तचर एजेन्सीजस्तै इन्टरनल पुलिस छ जसलाई ‘द सेक’ भनिन्छ ।’ ‘फेसबुकका चीफ अपरेटिङ अफिसर (सीओओ) शेरिल सेन्डबर्गले एकपटक प्रेजेन्टेशनको क्रममा प्रयोगकर्ताको ठाउँमा बिरालोको फोटो प्रयोग गरेकी थिइन् । जब उनलाई यस्तो किन गरियो भन्ने प्रश्न गरियो तब प्रोडक्ट म्यानेजर डेन रुबेस्टिनले गाली गर्न सुरु गरे ।’ मार्टिनेजले लेखेका छन्, ‘जुबरबर्गलाई सबै कुराहरु गोप्य राख्न मनपर्छ । एक कर्मचारीले जब लञ्च हुन लागेको नयाँ प्रोडक्टको जानकारी लिक गराए तब जुकरबर्गले उनीसँग सम्बन्धित सबै कर्मचारीलाई मेलमार्फत अश्लिल गाली गरे । जुकरबर्गले स्टाफलाई उनको नयाँ अफिसलाई पेन्ट गर्न आदेश दिए । दुई दिनपछि जब उनले अफिस देखे तब उनी भड्किए किनभने त्यहाँ चित्र कोरिएको थियो ।’ जुकरवर्ग निर्णय लिन कच्चा भएको बताउँदै उनी लेख्छन्, ‘जुकरवर्गले यस्ता थुप्रै निर्णय लिएका छन् जसका कारण थुप्रै मानिसहरुलाई असर परेको छ ।’ जुकरबर्गको अफिस पूर्ण रुपले ग्लासले बनेका कारण यसलाई ‘द एक्वेरियम’ भनिने उनले लेखेका छन् । सीओओ सेन्डवर्ग केवल राम्रो खबर मात्र सुन्न चाहन्छिन् त्यसकारण उनलाई कन्फरेन्स रुममा ‘ओन्ली गुड न्यूज’ (राम्रो समाचार मात्र) भनिने उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप