सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कालिकोटमा रोपाईको चटारो, जिल्लाको ६० प्रतिशत खेतमा धान रोपाई सकियो

शनिबार, १८ असार २०७३, ११ : ०५
शनिबार, १८ असार २०७३

कालिकोट – जेठ महिनाको अन्तिम सातादेखि कालिकोट जिल्लामा किसानले धमाधम रोपाई गरिरहेका छन् । केही दिन यता घाम लाग्ने र राति पानी पर्ने गरेपछि किसान रोपाईमा झनै व्यस्त भएका हुन् । जिल्लाको पूर्वि क्षेत्रमा जिल्लाकै सबै भन्दा धेरै रोपाई भएको जिल्ला कृषि विकास कार्यालयका प्रमूख सुनिलकुमार सिहले बताए । कालिकोट जिल्लाको पुर्वि क्षेत्रमा पर्ने ओदानकु, चिलखाया, राचुली, कालिका, गेलालगायतका गाविसका किसानहरुले ८० प्रतिशत रोपाई गरिसकेका उनले बताए । जिल्लाकै समग्र रुपमा ३० वटै गाविसमा गरी ६० प्रतिशत रोपाई भएको कृषि विकास कार्यालयका प्रमुख सिंहले बताए । कालिकोट जिल्लाको मान्मा गाविस स्थित गाउँमा किसानहरु असारे चटारोमा व्यस्त रहेका छन् । व्यवसायीक धान खेतीको आधार, सामुदायीक नर्सरीको बिस्तार भन्ने मुल नाराका साथ असारे चटारोमा सवै भन्दा बढी महत्वका रुपमा मानिने धान बाली रोपाईं गर्न किसाको सक्रियता रहेको कार्यालयले जनाएको छ । वर्षै पिच्छे कृषिमा परनिर्भता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले जिल्लामा किसानलाई सक्रिय रुपमा व्यवसायीक बनाएर कृषिमा आत्म निर्भर बनाउने कृषि विकास कार्यालय प्रमुख सिंहको भनाई छ । कालिकोट जिल्लामा करिव १७ हजार हेक्टर खेतियोग्य जमिन मध्ये ५४ सय ९३ हेक्टर जमिनमा धान खेती गर्ने गरेको र अरु बाँकी जग्गामा मकै कोदो फापर, सिमि लगायतका रैथाने बालीहरु लगाउने गरिएको कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए । उनले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको महत्व पढ्दै जाने बताए । धानको उत्पादन वृद्धि हुँदा कूल ग्राह्रथ्य उत्पादनमा टेवा पुग्छ । धानको उत्पादन घट्दा आर्थिक स्थिति घट्छ । त्यसै भएर पनि हाल कालिकोट जिल्लामा सवै जमिनमा खेति गर्न नसकिएकाले कुल २३ हजार १३ घर परीवार मध्य १२ हजार घरपरिवारलाई मात्र खान पुगिरहेको कार्यालले जनाएको छ । वर्षेनी खाद्य संस्थानले ४६ मेट्रिक टन कालिकोट बाजुरा हुम्ला मुगुका लागी चामलको आयत गरिरहेको छ । अझ यो बर्ष त लामो समयको खडेरीका कारण ६० प्रतिशत अन्नबालीहरु उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्ययका प्रमुख सुनिलकुमार सिंहले कालिकोटमा बाँझो जमिनमा खेती गर्दा चामल बाहिरबाट ल्याउन नपर्ने र हालकै स्थितिमा २ सय ८२ मेट्रिक टन धानको उत्पादनलेमात्र खान पुग्ने बताए । नेपालमा धानको उत्पादन सरदर प्रति हेक्टर तीन हजार केजीले हुने गरेको छ । तर पनि नोपलको सवै उत्पादन योग्य जमिनमा धान रोप्न नसक्नु र कृषि आधुनिकरण गर्न नसक्नुका कारण हाललाई भने बिदेशबाट वर्षेनी चामल आयत गरिहरनु पर्ने बाध्यता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप