सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१२ बर्ष पछिको दुताबासको अन्तरक्रिया कार्यक्रम

शनिबार, १८ असार २०७३, १३ : १२
शनिबार, १८ असार २०७३

युएई- नेपाली राजदुताबास अाबुधावी र युएर्इमा रहेका नेपालीहरू बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न नेपाली संघसस्था तथा व्यवसायी, युएईमा नेपालीलाई रोजगारी दिएका कम्पनीका प्रतिनिधिको उपस्थितीमा दूतावासले पहिलो पटक शुक्रबार दुबईमा वैदेशिक रोजगर सम्बन्धी अन्तरक्रिया गरेको हो। उक्त कार्यक्रम १२ बर्ष पछीको दुताबासको पोहिलो अन्तरक्रिया कार्यक्रम हो।

उक्त कार्यक्रममा कार्यबाहक राजदूत नेत्रबहादुर टन्डनले युएईमा रहेका श्रमिक कामदारका लागि लागु भएको श्रम कानुन र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यपत्र प्रस्तुत गर्दै कार्यबाहक राजदुत टण्डनले सरकारले बैदेशिक रोजगार अन्तरगत मैत्रीकानुनहरू कार्यान्वयनमा ल्याएकाले नेपाली कामदारलाई सहजिकरण हुने बँताए। श्रम कान्सुलर भेष बहादुर कार्कीले कान्सिलर बैदेशिक रोजगार तथा एेन समन्धी नितिनियम,कानुन र निर्देशिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए।सरकारले वैदेशिक रोजगार सम्बन्धी व्यवस्थालाई समय सापेक्ष पारिमार्जित गर्दै गएको विषय र आगामी दिनमा अपनाउन आवश्यक विषयमा राय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।

दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले युएर्इमा समस्यामा परेका नेपालीको तथ्याङ्क र तिनीहरूको समस्या समाधान बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।युएईका जेलमा १ सय जना नेपालीले जेल जीवन बिताई रहेका उक्त तथ्याकमा उल्लेख गरिएको छ। झन्डै ३ महिनाको समय बिच दूतावासले युएर्इमा रहेका सबै जेलमा पुगी विभिन्न कारणले जेल जीवन बिताइरहेका नेपालीको अवस्था बारे तथ्यांक सार्वजनिक गरिएको हो। दूतावासले यहाँका अस्पतालमा उपचार गरार्इरहेका तथा कोमामा रहेका नेपालीको अवस्था बारे पनि तथ्यांक सार्बजनिक गरेको छ।१० जना नेपाली लामो समय देखी जेल जिबन बितार्इ रहेका ,२ जना हत्या केशमा मृत्यु दण्ड र १ जना अाजिबन जेल सजाय भोगी रहेको उल्लेख छ । यसअघि दूतावासको समन्वय र एनआरएन लगायत अन्य संघसस्थाले दुबर्इ र अाबुधावीका केही जेलमा पुगेर त्यहा रहेका नेपालीको अवस्था सार्बजनिक गरेका थिए। तर यहाँ रहेका सम्पूर्ण जेल भिजिट भने दुतावास पोहिलो हो।

दुताबासबाट प्रस्तुत तथ्याङ्क अनुसार गत अार्थिक बर्षमा युएईमा कामका लागि आउने नेपालीको सख्या चार लाख ४५ हजार ८ सय ८१ जना पुगेको छ । अन्तरक्रियामा दूतावासका श्रम सहचारी हिरा कुमारी यादवले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख तथ्यांक अनुसार नेपालीका लागि खाडी मुलुक युएई चौथो ठुलो श्रम बजारको रुपमा देखाएको छ ।

यहाँ चार लाख ८ हजार ५ सय ६४ पुरुष (९.२ प्रतिशत) र ३७ हजार २ सय ७७ महिला अर्थात (८.३६)प्रतिशत महिला कार्यरत छन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारिमा जाने नेपालीको संख्या दैनिक घटेको भएपनि नेपालको कुल ग्राहस्थ उत्पादनको ३२.१ प्रतिशत बैदेशिक रोजगारमा रहेका उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ। उनले प्रस्तुत गरेको कार्यपत्रमा युएईमा रहेका नेपालीको अवस्था, रोजगारका अवसर, चुनौती, समस्या र समाधानका उपाय समेत उल्लेख गरिएको थियो ।

दुताबासबाट उल्लेख भए अनुसार मेसिन रिडेबल पासपार्ट (एमआरपी)को प्रत्यक्ष दर्ता प्रणाली सुरु गरे देखी हाल सम्म जारी रहेको उल्लेख गरिएको छ। दुतावासले झन्डै ५ महिनामा ५ सय नेपालीलाई प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत बाट एमआरपी वितरण गरेको दुतावासकी द्वितिय सचिव बिष्णु अधिकारीले बतार्इन्।

उक्त कार्यक्रममा सहभागी नेपालीहरूले अा अाफ्नो जिज्ञासा राखेका थिए।नेपाली दुताबासले पहिलो पल्ट आयोजना गरेको उक्त अन्तर्कृया कार्यक्रमलाई युएईमा रहेका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन्।

दुबईको रोयल नासिमा होटलमा भएको उक्त कार्यक्रममा यूएर्इमा रहेका तिन दर्जन भन्दा बढी संघसंस्थाका प्रमुख तथा पदाधिकारी, व्यवसायी र रोजगार कम्पनीका प्रतिनिधि गरि १ सय ५० जना भन्दा बढीको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप