सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रिडी–रुद्रवेणी–बामिटक्सार सडकखण्ड अवरुद्ध

शनिबार, १८ असार २०७३, १३ : ३६
शनिबार, १८ असार २०७३

गुल्मी - शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको रिडी–रुद्रवेणी–बामिटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

उक्त सडकखण्ड अन्तर्गत तुराङ, जोहाङ र अश्लेवा गाविस क्षेत्रमा सडक माथिबाट आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडक अवरुद्ध बनेपछि दर्जनौँं सवारी साधन र यात्रुबीच बाटामै अलपत्र परेका छन् । लगातार रुपमा पानी परिरहेको र पहिरो खस्दै गएका कारण सडक खुलाउन समस्या परेको छ ।

त्यसैगरी रेसुङ्गा नगरपालिका अन्तर्गत राँगेढुङ्गामा पहिरो खसेपछि आज बिहानदेखि छल्दी – तम्घास सडकखण्ड अवरुद्ध बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप