सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री मानन्धरलाई श्रद्धाञ्जलि दिन खुलामञ्च पुगे प्रचण्ड

शनिबार, १८ असार २०७३, १५ : १९
शनिबार, १८ असार २०७३

काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको पार्थिव शरीरमा विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

खुलामञ्चमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सभामुख ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठ लगायत मधेसकेन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गरे ।

समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति मानन्धरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान पार्टी कार्यालय तीनकुने र त्रिचन्द्र कलेजमा राखिएको थियो । स्व मानन्धरको आजै पशुपति आर्यघाटमा बौद्ध परम्परानुसार अन्त्येष्टि गरिने समाजवादी फोरमका महासचिव रणध्वज कन्दङ्वाले जानकारी दिए । मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका अध्यक्ष समेत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप