सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक’ : कानुनमन्त्री खरेल

शनिबार, १८ असार २०७३, १५ : ३०
शनिबार, १८ असार २०७३

विराटनगर– कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गराउन सरकार आवश्यक ऐन, कानुन निर्माण र संशोधनमा जुटेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक छ भने । नेकपा माओवादी केन्द्रसँग भएको नौबुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताउँदै उहाँले विस्तृत शान्ति सम्झौतानुसार द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन सरकारले विधेयक समेत तयार पारिसकेको र सो विधेयक चाँडै संसद्मा प्रस्तुत हुने जानकारी गराए ।

वार्ता र संवादका माध्यमबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउँदै मन्त्री खरेलले मोर्चालाई वार्तामा आउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप