सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मासिक साठी लाखको दूधको कारोबार

शनिबार, १८ असार २०७३, १५ : ३७
शनिबार, १८ असार २०७३

म्याग्दी–बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ ।

दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधै ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिए ।

प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध रु ८० का दरले बिक्री हुने गरेको छ । मासिक ७५ हजार लिटर दूध खपत हुने बेनीमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको अध्यक्ष आचार्यले बताए ।

बेनीमा ३९ वटा दूध डेरी रहेका छन् । ७० प्रतिशत म्याग्दी र ३० प्रतिशत पर्वतको माझफाँट, लेकफाँट गाविसबाट दूध आयात हुने गरेको छ । सिङ्गा, बरङ्जा, ज्यामरुककोट, अथुङ्गे, बास्कुना र घतानका कृषकले बेनीमा दूध बिक्री गर्दै आएका छन् ।

पछिल्लो समय कृषक व्यावसायिक गाईभैँसीपालन तर्फ आकर्षित हुने क्रमसँगै दूध उत्पादन पनि बढेको जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताए ।

उनका अनुसार जिल्लामा हाल करिब १०० वटा गाईभैंसी फार्म दर्ता भएर सञ्चालन भएका छन् । जिल्लामा उत्पादन बढ्न थालेपछि पर्वत र पोखराबाट दूध आयात घट्दै गएको छ । दूध सहरबाट गाउँमा पैसा भित्र्याउने माध्यम बनेको छ । बेनी नगरपालिका– १३ र १४ वडामा पर्ने सिङ्गा, बास्कुना क्षेत्रबाट मात्रै वार्षिक रु एक करोड बराबरको दूध निकासी हुने गरेको छ ।

गाईभैंसीपालन गरी दूध उत्पादन गर्ने पेसा कृषकको जीविनस्तर सुधार र आयआर्जन वृद्धी गर्न प्रभावकारी बनेको बास्कुनाका कृषक तिलक गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप