सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मदन भण्डारी राजमार्ग पनि अवरुद्ध

शनिबार, १८ असार २०७३, १६ : ११
शनिबार, १८ असार २०७३
हेटौँडा– मदन भण्डारी राजमार्गमा पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको सिस्नेरी–३ अमलडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौं जाने यातायात सेवा ठप्प भएको छ । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सयौँ जिप, कार मिनीबस लगायत सवारीसाधन अब फाखेल सडकबाट चल्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोछ । फाखेल सडकखण्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा आज अपराह्न पहिरो जाँदा त्यहाँ पनि काठमाडौँ –हेटौँडा काठमाडौंतर्फको यातायात सेवा अपराह्न २ बजेदेखि अवरुद्ध भएको फाखेल प्रहरी चौकीले जनाएको छ । अहिले फाखेलको सुकौराडाँडामा हेटौँडा एवम् काठमाडौंबाट आएका करिब ६०० सवारी साधन अलपत्र परेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईँले जानकारी दिए । सिस्नेरी गाविसको अमलडाँडा एवम् कुलेखानी गाविसको सुकौराडाँडामा गएको पहिरो हटाउन अहिले प्राविधिक सहित डोजर त्यसतर्फ पठाइसकिएको छ । आज राति १० बजेदेखि नै सो अवरुद्ध यातायात सेवा चालु गर्ने लक्ष्य राखिएको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले बतामए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप