सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टौखेल घटनाको दोषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

शनिबार, १८ असार २०७३, १६ : ४२
शनिबार, १८ असार २०७३

काठमाडौं– गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई माओवादी सम्वद्ध विभिन्न ३ वटा विद्यार्थी संगठनले ललितपुर टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलको घटनाका दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् ।

अखिल(क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, अर्को अखिल(क्रान्तिकारी)का अध्यक्ष रत्न ढकाल र क्रान्तिकारी विद्यार्थी संगठन, नेपालका अध्यक्ष सन्तोष विष्टसहितको प्रतिनिधि मण्डलले मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै कारबाही गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा टौखेल घटनाका दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने, पिडितलाई उचित परिपुरण गरिनुपर्ने, मृतक विद्यार्थीको स्मृतिमा अक्षय कोष स्थापना गरिनुपर्ने लगायतका माग राखिएको छ ।

त्यसैगरी तोकिएको मापदण्ड विपरित बनाइएका विद्यालय भवनको तत्काल अनुगमन गरि असुरक्षित विद्यालय भवनमा पठनपाठन गर्ने कार्य तत्काल रोक्न समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बस्नेतले घटनाका दोषीलाई छानबिन गरि तत्कालै कानुनको दायरामा ल्याइने र पिडितलाई समेत उचित परिपुरणको व्यवस्था मिलाइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप