सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वसाधारणसँगै बसेर फुटबल हेर्दै राष्ट्रपति गुड्नी

शनिबार, १८ असार २०७३, १६ : ५०
शनिबार, १८ असार २०७३

आइसल्यान्ड–युरो २०१६ मा आइसल्याण्ड क्वार्टरफाइनलमा पुगिसकेको छ । इंग्ल्याण्डलाई हराउँदै आइसल्यान्ड टोली क्वार्टरफाइनलमा पुगेपछि आइसल्याण्डका नवनियुक्त राष्ट्रपति गुड्नी जोहानेस्सन आफ्नो टोलीको खेल हेर्न फ्रान्स आएका छन् ।

फ्रान्सको हुने खेलमा आइसल्याण्डले घरेलु टोलीको सामना गर्दैछ । एन्टोनियो ग्रिजम्यान, ओलिभर गिराउड, पाउल पोग्बालगायतका विश्वकै खतरनाक खेलाडीहरु सम्मिलित फ्रान्सविरुद्ध प्रतियोगिताको डार्कहर्स आइसल्याण्डको खेललाई लिएर पुरै विश्वमा चर्चा छ ।

यति नै बेला आइसल्याण्डका राष्ट्रपतिले गुड्नी आयोजक फ्रान्सले उपलब्ध गराएको भिआइपी सिट छाडेर चर्चामा आएका छन् । ‘म किन भिआइपी रुममा गएर स्याम्पियन फोडू ? यो काम त मैलेँ जहाँ पनि गर्नसक्छु ।’

गुड्नीले भनेका छन्– ‘म आफ्नो देशका समर्थकहरुसँगै सर्वसाधारणको सिटमा हुनेछु र आइसल्याण्डको सर्ट लगाएर खेल हेर्नेछु ।’ उनी थप्छन्– ‘फ्रान्सेली टोलीप्रति मेरो सम्मान छ र उनीहरुले हामीलाई कमजोर आँक्ने छैनन् ।’

गुड्नी जोहानेस्सनले निर्वाचनमा सफलता हासिल गरे पनि अझैँ राष्ट्रपतिको सपथ लिन भने बाँकी छ । नाईसमा यसअघि इंग्ल्याण्ड विरुद्धको खेलमा पनि उनी टोलीको हौसला बढाउन आएका थिए ।

‘नाईसमा टोलीको अविश्वसनीय नतिजा हेर्न पाउँदा मेरो आँखामा खुसीको आशुँ थियो । यो नतिजाले हाम्रो देशमा ठूलो अर्थ लाग्छ । अनुशासन र एकतासहित आफ्नो लक्ष्यमा केन्द्रित हुने हो हुने भने जे पनि गर्न सकिन्छ भन्ने प्रमाण हाम्रो टोलीले प्रस्तुत गरेको छ ।’ केवल ३ लाख जनसंख्या रहेको आईसल्याण्ड अन्तिम १६ मा इंग्ल्याण्डलाई हराएर प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप