सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटना न्यूनीकरणमा प्रहरी सक्रिय, कास्कीको फुस्रेखोलामा चेतावनी बोर्ड राखियो

शनिबार, १८ असार २०७३, १७ : ४९
शनिबार, १८ असार २०७३

पोखरा  –बर्षेनी मानिसहरुको ज्यान गइरहेको कास्की जिल्लाको पोखरा–१७ मा रहेको फुस्रेखोला (मन्दाकीनी)मा चेतावनी बोर्ड नै राखिएको छ ।

वडा प्रहरी कार्यालय बैदामले वर्षेमा करिव एक दर्जन मानिसहरुको ज्यान जाने भएकाले मानिसहरुको चेतनाका लागि बोर्ड राखेको जनाइएको छ ।

बढी दुर्घटना हुने क्षेत्रहरुमा तत्काल पाँच वटा चेतावनीयुक्त बोर्ड राखिएको हो । बिषेश गरि खोलामा पौडी खेल्न तथा अन्य क्रियाकलापमा सहभागि भएका मानिसहरुको डुबेर मृत्यु भएका कारण मानिसहरुलाई पूर्व जानकारीका लागि बोर्ड राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणी अधिकारी जानकारी दिए ।

सोही अवसरमा सामुदायिक सूचना समाज कास्कीले फुस्रेखोला (मन्दाकीनी) दुर्घटना न्युनीकरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले सदुपयोग गर्न नजाने पानी र आगो नै मानिसको काल हुने बताए ।

स्थानीय मानिसहरुको सहभागिता र सक्रियताका कारणले मात्रै विकृतीकोे अन्त्य गर्न सकिने उनले सो अवसरमा बताए । जनता आफै जागे प्रहरीको आधा दायित्व पुरा हुने पोखरेलले बताए । यस अघि प्रहरीको सिधा पहुँच नभएको उक्त क्षेत्रमा पछिल्लो समयमा २४ घण्टे प्रहरी सेवा सुरु हुनु खुसीको कुरा भएको पोखरेलले भने ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख मोहनमणी अधिकारीले भौतिक संरचना र्निमाण हुनासाथ सो क्षेत्रमा प्रहरीबिट सुरु गरिने जानकारी दिए । यसअघि भएको र्निणय अनुसार नै काम अगाडी बढेकोले जग्गाको छनौट हुने बित्तिकै बिट राखिने र अहिले २४ घण्टे नै सेवा सञ्चालन भैरहेको उनले जानकारी दिए ।

आफू बैदाममा आएपछि पौडी खेलेर र माछा मार्ने बेलामा बर्षेनी मानिसहरुको ज्यान गैरहेको तथ्याङ हेरिसकेपछि चेतावनी बोर्ड राख्न उपयुक्त ठानेको उनले बताए । पोखरा क्षेत्रमा स्थानीय भन्दा पनि बाहिरबाट आउने मानिसहरु दुर्घटनामा परेकाले पूर्व जानकारी गराउनको लागि चेतावनी बोर्डले काम गर्नेमा आफू बिश्वस्त रहेको अधिकारीको दावी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप