सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढाकामा २० बिदेशी नागरिक मारिए

शनिबार, १८ असार २०७३, १८ : ०४
शनिबार, १८ असार २०७३

ढाका– बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको छ ।

उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।

राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।

बङ्गलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्– कब्जामा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौँ ।

यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।

प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।

मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशङ्का गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप