सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम देश युएईमा धार्मिक सहिष्णुता बढाउँदै नेपाली समुदाय

शनिबार, १८ असार २०७३, १८ : १२
शनिबार, १८ असार २०७३

युएई– मुस्लिम धर्मावलम्बीको महान पर्व रमजानको अवसरमा करीब चार सयभन्दा धेरै मुस्लिम समुदायका मानिसलाई मस्जिद मै गएर खाना खुवाई प्रवासमा रहेका नेपालीले धार्मिक सहिष्णुता आदर र सम्मानको गतिलो छाप छोड्न सफल भएका छन् ।

नेपाली समुदाय युएईले, करिब एक महिनासम्म चल्ने मुस्लिम समुदायको महान पर्व रमजानलाई मध्यनजर गर्दै केही समय पहिलेदेखि एक कप चिया अभियान संचालन गरि जम्मा भएको आर्थिक सहयोग रकमले उनीहरुले खाना खुवाएका हुन् ।

दुबईको जाबेल अलि नजुल क्याम्पको मस्जिदमा प्रार्थनाको लागि पुगेका विभिन्न देशका मुस्लिम समुदायलाई (ईफ्तार) अर्थात साँझको खाना खुवाई एक आपसमा धार्मिक सहिष्णुता कायम राख्ने प्रयास गरेका छन् युएईमा रहेका नेपाली समुदायले ।

केही समय पहिले दुबईको प्राईभेट टेलिकम कम्पनी डियु र तालेहाम च्यारिटी फाउन्डेसनसँग सहकार्य गरि करिब चौध दिनसम्म स्वयमसेवकको भूमिका निर्वाह गरि विभिन्न देशका मुस्लिम समुदायका कामदारलाई निःशुल्क खाना वितरण कार्यक्रम अन्तर्गत खाना प्याकिङ तथा वितरण कार्यक्रममा स्यंमसेवकको सहयोगी भूमिका निर्वाह गरि युएईमा नेपाल र नेपालीको सहयोगी भावना देखाई नेपालको शिर उच्च बनाउने कार्य गरेको थियो ।

नेपालभित्रै जात र धर्मको नाममा भैरहेका विभिन्न नकारात्मक सोच र कार्यलाई चिर्न पनि नेपाली समुदाय युएईले एउटा मुस्लिम देशमा गर्न खोजेको यो कार्यलाई उदाहणीय कार्यका रुपमा प्रस्तुत भएको छ ।

गयको वर्ष यसैगरि नेपाली समुदाय युएईले काठमाडौंमा रहेको जामे मस्जिदमा करिब चार सय साठी जनालाई (खाना ) खुवाएको थियो ।

त्यसैगरि गएको बुधबार युएईको दुबईस्थित कालिमाहा इस्लामिक सेन्टर साथै सेन्टरका प्रतिनिधि अब्दुल्ला सुनिल बिसि, नेपाली मुस्लिम समुदाय युएई साथै नेपाली समुदाय युएईको संयुक्त प्रयासमा करिब डेढ सय जना रोजा (व्रत) बसेका मुस्लिम समुदायलाई एक दिनको ईफ्तारी (खाना) खुवाईएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप