सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषिमा आत्मनिर्भर वन्न साना किसान कार्यक्रम उपयुक्त : सचिव भट्टराई

शनिबार, १८ असार २०७३, १८ : ५२
शनिबार, १८ असार २०७३

भैरहवा–कृषि विकास मन्त्रालयका सचिव उक्तम कुमार भट्टराईले कृषिमा आत्मनिर्भर बन्नका लागि साना किसान कार्यक्रम एक उपयुक्त विकल्प रहेको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास बैंकको संयुक्त आयोजनामा भैरहवामा भएको साना किसान कृषि सहकारी संस्थाहरुको हस्तान्तरण कार्यक्रममा सचिव भट्टराईले साना किसान कार्यक्रमले ग्रामिण क्षेत्रका किसानको आर्थिक क्षमता विकाससँगै कृषिमा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपाल सरकार कृषि विकास मन्त्रालय र इफार्डको सहयोगमा सञ्चालन गरिएको किसानका लागि उन्नत बिउ विजन कार्यक्रम अन्तर्रगत स्थापना भएका कृषि सहकारी संस्थाको हस्तान्तरण कार्यक्रममा भट्टराईले नेपालमा साना किसान कार्यक्रमलाई मोडलका रुपमा अगाडी बढेको र यो कार्यक्रम देशका सबै ग्रामिण क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिए ।

उनले उत्पादन र उत्पादकत्व वृद्धी गर्न महत्वपूर्ण योगदान रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमबाट ग्रामिण क्षेत्रको दिगो विकास, महिला सशक्तिकरण, कुपोषणको अन्त्य, आर्थिक सम्पन्नता, सामाजिक मेलमिलाप र परनिर्भताबाट उन्मुक्ति लगायतमा सहयोग पुगेको विश्वास व्यक्त गरे ।

कृषि विकास मन्त्रालयले किसानको आय आर्जन र क्षमता विकासका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले साना किसानका सदस्यहरुले यसबाट भरपूर फाईदा लिन सक्ने विश्वास व्यक्त गरे ।

सचिव भट्टराईले साना किसानको विकास र कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न ग्रामिणस्तरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकको भूमिका महत्वपूर्ण रहेको प्रति प्रशंसा गरे ।

उनले सदस्यहरुको आप्mनै संलग्नतामा सञ्चालन गर्ने प्रतिबद्धतासहित हस्तान्तरण भएका संस्थाहरुको वृहत्तर हितका लागि सरकारले पूर्ण सहयोग गर्ने बताए ।

यसैबीच नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा किसानका लागि उन्नत विउ विजन कार्यक्रमका प्रवन्धक लक्ष्मण पौडेलले नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकसँगको सहयोगमा ग्रामिण क्षेत्रको विकेन्द्रीत पूँजीलाई केन्द्रीकृत गरी किसानकै हितमा लाग्ने कार्य उदाहरणिय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप