सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काबुलमा १७ जना मारिए, बिहीबार ठूलो सङ्ख्यामा प्रहरीको हत्या

शनिबार, १८ असार २०७३, १९ : १४
शनिबार, १८ असार २०७३

काबुल–अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सुरक्षा फौजले गरेको कारबाहीमा परी शनिबार बिहान १७ जना तालिवान मारिएका छन् ।

उक्त प्रान्तको हिसाराक जिल्लामा शुक्रबार पनि आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलको कारबाहीका क्रममा ३३ जना भन्दा बढी आतङ्ककारी मारिएको जनाइएको थियो ।

सो जिल्लाको आसपासमा शनिबार बिहान पनि सुरक्षा फौजले कारबाहीको प्रक्रिया निरन्तर गरेको बताइएको थियो । यस कारबाहीमा परी शनिबार बिहान १७ जना तालिवान लडाकू मारिएका जनाइएको हो ।

यस कारबाहीमा दर्जनौँ आतङ्ककारी घाइते भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । त्यस क्षेत्रमा विगतका केही दिनदेखि तालिवानका क्रियाकलापहरुमा बृद्धि भएको महसुश गरी कारबाहीलाई थप तिब्र पारिएको बताइएको छ ।

यस कारबाहीको विषयलाई लिएर तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । तालिवानाले बिहीबारमात्र पनि ठूलो सङ्ख्यामा प्रहरीको हत्या गरेका छन् ।

उनीहरुले पछिल्लो समयमा सर्वसाधारणमाथि क्रुर तरिकाबाट हमला गर्ने गरेका छन् । हमलामा परी कैयौंले ज्यान गुमाएका छन् । उता सुरक्षाकर्मीहरुले पनि उनीहरुका विरुद्धमा कारबाही जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप