सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुटबलको उपाधि भगवती युवा क्लबलाई

शनिबार, १८ असार २०७३, १९ : ३२
शनिबार, १८ असार २०७३

काठमाडौँ– गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनुभएका पूर्व सांसद एवम् नेपाली काँग्रेसका नेता चक्रबहादुर ठकुरीको स्मृतिमा सम्पन्न प्रथम क्षेत्रीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि भगवती युवा क्लब, गोकर्णेश्वर–१६ ले जितेको छ ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलमा सम्पन्न फाइनल प्रतियोगितामा साँगा बोर्डर युथक्लब काभ्रेलाई ५–४ गोल अन्तरले पराजित गर्दै भगवती क्बले उपाधि जितेको हो । खेलमा पहिलो अग्रता भने १५ औँ मिनेटमा विकास श्रेष्ठको गोल मार्फत साँगा युथ क्लबले लिएको थियो तर ५६ औँ मिनेटमा भगवतीका सन्तोष काफ्लेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट कुनै गोल भएन र खेल ट्राइबेकरमा पुगेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार जितेको छ भने दोस्रो भएको साँगाले रु २५ हजार पाएको छ । विजयी खेलाडीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुरे ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पका बेला रसुवाबाट काठमाडौँ फर्कँदा भूकम्पसँगै आएको पहिरोमा परी ठकुरीको मृत्यु भएको थियो ।

बालसेवा केन्द्र गोकर्णेश्वर–५ द्वारा गत जेठ ३१ गतेदेखि आयोजित प्रतियोगितामा उपत्यका र काभ्रेका गरी २३ क्लबको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप