सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडकबत्ती जडानका लागि वाणिज्य संघद्वारा पाँचलाख सहयोग

शनिबार, १८ असार २०७३, १९ : ३८
शनिबार, १८ असार २०७३

बिर्तामोड–सडकबत्ती जडानका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले रु ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

संघले नगरको विकासका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष वलराम कार्कीले बताए ।

६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडकबत्ती जडानका लागि सरकारले बिर्तामोड नगरपालिकालाई मात्रै रु ४ करोड ६० लाख रुपैयाँ रकम विनियोजित गरेको छ ।

विनियोजित रकमलाई तत्काल सदुपयोग गर्दै नगरका व्यावसायीको हितलाई मध्यनजर गर्दै वाणिज्य संघले उक्त रकम सहयोग गर्ने निर्णय गरेको कार्कीले बताए ।

जसका लागि संघका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा गठित सडकबत्ती जडान उपभोक्ता समितिले गठन गरेको थियो । त्यस्तै शनिश्चरे रोडमा मोहन ओली, भद्रपुर रोडमा उमेश डालमिया, काँकरभिट्टा रोडमा देवीभक्त श्रेष्ठ, अतिथि सदन रोडमा राजेन्द्रकुमार थापाको संयोजकत्वमा सौर्यबत्ती जडान समिति बनाइएको छ ।

पाँचवटै समितिलाई संघले एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका कार्यालय सचिव राजु गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप