सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पशुपन्छी बध गर्नुअघि जाँच गर्न आवश्यक : प्रजिअ उप्रेती

शनिबार, १८ असार २०७३, १९ : ४५
शनिबार, १८ असार २०७३

धनकुटा– धनकुटाको प्रमुख जिल्ला अधिकारी पेम प्रकाश उप्रेतीले मासु व्यवसायीले बध गर्नुअघि पशु चिकित्सद्ध्रारा चेक जाँच गराएर मात्र पशुपंछी बध गरी मासु बिक्री गर्नुपर्ने बताएका छन् ।

रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्जको आयोजनामा भएको मासुको प्रयोग र यसको उपयोगिता अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अधिकारी उप्रेतीले यस्तो बताएका हुन् ।

शहरी क्षेत्रमा मासुको लागि बध गरिने पशुपंक्षीहरु प्रायजसो अस्वस्थकर स्थानमा बध गरिनाले जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने भएको हुँदा बध गर्नुअघि अनिवार्य पशुपंछीको स्वास्थ्य परिक्षण गर्नुपर्ने उनले बताए ।

अन्तरसंवाद कार्यक्रममा पुशसेवा कार्यालय धनकुटाका पशु चिकित्सक डाक्टर झविन्द्र मरासिनीले कार्यपत्र प्रस्तुत गरेका थिए । मासुको महत्व, पशु बधशाला तथा मासु जाँच ऐन २०५५, पशु ढुवानी मापढण्ड २०६४, मासुबाट मानिसमा सर्ने रोगहरुबारे जानकारी, मासु के हो ? दण्ड सजायको व्यवस्था आदि विषय समेटिएको कार्यपत्रमा पस्तुत गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक विभुतिराज पाण्डेले मासु व्यवसायलाई व्यवस्थित गर्नका लागि जथाभावी मासु काट्ने प्रवृतिलाई रोक्नु पर्ने बताए ।

यसैगरी धनकुटा नगरपालिका कार्यालय धनकुटाका प्रशासकिय अधिकृत डम्वर रोगुले मासु व्यवसायलाई व्यवस्थित गर्नका लागि नगरपालिका सदैव क्रियाशील रहेको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डाक्टर मदनकुमार उपाध्ययले मासुजन्य परिकारको प्रयोग गर्दा कम्तीमा १२ घण्टा फ्रिजमा चिस्याएर प्रयोग गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ऋषिराम ढुंगानाले मासुको गुणस्तर परिक्षण गरेर मात्र प्रयोग गर्नुपर्ने बताए ।

रेडियो धनुकटा व्यवसथापन समिति अध्यक्ष सन्देशकुमार रावलको अध्यक्षतामा भएको कार्यक्रमा, नेकपा एमाले धनकुटाका सदस्य मदन वस्याल, कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटाका डाक्टर नेत्र वस्नेत, धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका कार्यालय प्रमुख जयन्द्र प्रधान, हुसाडेक नेपाल धनकुटाका सरोज भुजेल, संचारकर्मी, उपभोक्ता, मासु व्यवसायी लगायत विभिन्न होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप