सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाहरुख खानका 'साइड बिजनेस' कस्ता ? कति छ सम्पत्ती ?

आइतबार, १९ असार २०७३, १६ : १४
आइतबार, १९ असार २०७३
बलिउड अभिनेता शाहरुख खानलाई यत्तिकै बादशाह भनिएको होइन, अभिनयसँगै सम्पत्तीको विषयमा पनि साँच्चिकै शाहरुखको जिन्दगी कुनै बादशाहभन्दा कम छैन । शाहरुख खान संसारभरको धनी अभिनेताको सूचीमा समावेश छन् । शाहरुख खानलाई ठूला बिजनेसम्यान पनि भनिन्छ । अभिनयमा आफ्नो एकलौटी राज्य खडा गर्नुका साथै उनको थुप्रै साइड बिजनेस पनि छन् । उनी रेड चिली इन्टरटेन्मेन्टका मालिक हुन् जस अन्र्तगत कयौं फिल्महरु बनेका छन् । यसका साथै उनी मुम्बईमा अवस्थित चिल्ड्रेन इन्टरटेन्मेन्ट पार्क किड्जेनियाका मालिक हुन् । यति मात्र कहाँ हो र शाहरुख खान थुप्रै स्टेज र इन्डोर्समेन्टमा पनि करोडौं कमाउँछन् । शाहरुख क्रिकेटमा पनि निकै शौखिन छन् । कोलकाता नाइट राइडर्स नामको उनको आइपीएल टीम पनि छ । उनले सम्पत्तीमा पनि निकै लगानी गरेका छन् । शाहरुख संसारभरीका निकै आलिशान बंगलाका मालिक हुन् । मुम्बईमा मन्नतका साथै दुबईको पाम जुमेराहमा शाहरुखको विला के–९३ १४ हजार स्क्वायर फिटमा फैलिएको छ । साथै, शाहरुखले लण्डनको सेन्ट्रल एरियामा एउटा महँगो अपार्टमेन्ट लिएका छन् जसको मूल्य १९५ करोड भारतीय रुपैयाँ बताइएको छ, यो अपार्टमेन्ट उनको छोरा आर्यनको लागि हो । शाहरुख खान करिब चार हजार करोड भारतीय रुपैयाँका मालिक हुन् । उनी भारतका सबैभन्दा धनी नायक मानिन्छन् । शाहरुखलाई गाडीको पनि निकै शोख छ । उनीसँग अडी सिक्स , अडी ए सिक्स, बीएमडब्लू सिक्स सिरिज, ल्याण्ड क्रुजरजस्ता महँगा गाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप