सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आक्रमण गर्ने कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

आइतबार, १९ असार २०७३, १६ : ४४
आइतबार, १९ असार २०७३
धनुषा - जनकपुरको पिंडारी चोकमा नेकपा९माओवादी केन्द्र०का कार्यकर्ताले आइतबार बिहानैदेखि चक्काजाम गरेका छन् । चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन त्यहाँबाट चल्न सकेका छैनन् । केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डल सहित प्रहरीले पक्राउ गरेका केन्द्र, नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरम नेपालका कार्यकर्तालाई रिहाइको माग गर्दै चक्काजाम गरिएको हो । जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठनसम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको थियो । शनिबार राति समितिका वर्तमान अध्यक्ष एवम् काँग्रेस नेता रामवरण पासवानका घरमा फोरम र केन्द्र समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डल समेत नौ जनालाई पक्राउ गरेको छ । उनीहरुले पासवानको घरमै पसेर हातपात गरेपछि तत्काल पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण गरेको प्रहरीको आरोप छ । स्थानीयवासीले भने पासवानको पक्षपोषण गर्दै प्रहरी ज्यादतीमा उत्रेको आरोप लगाएका छन् । शनिबार राति पक्राउ परेका मण्डल, साह र यादवसमेत सबै जिप्रकाका नियन्त्रणमा छन् । तीन वटै पार्टी समर्थित स्थानीय कार्यकर्ताले पिडारी चोकमा टायर बालेर प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारबाही र आफ्ना नेताको रिहाइ माग गरिरहेका छन् । केन्द्रका नेता एवम् सांसद रामसिंह यादव, नेता नन्दकिशोर यादव, झल्कु यादव, फोरम जिल्ला अध्यक्ष शेषनारायण यादव, जिल्ला नेता हरिनारायण यादव र काँग्रेसका जिल्ला सचिव सन्तोष यादवको नेतृत्वमा चक्काजाम गरिएको हो । यसरी चक्काजाम गरिएपछि त्रैमासिक परीक्षा चलिरहेका निजी विद्यालयका विद्यार्थी मारमा परेका छन् । उनीहरुलाई पिडारी चोकबाट विद्यालयसम्म पैदल हिँड्नु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप