सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितलाई बोका वितरण

आइतबार, १९ असार २०७३, १६ : ४९
आइतबार, १९ असार २०७३
चितवन - जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए । प्रतिबोका रु १५ हजारका दरले रु १५ लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । दाहाखानी, चन्डिभञ्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरका ७२ वडामा एक–एकवटाका दरले बोका बाँडिने छ । नस्ल सुधारसँगै उन्नत जातको बोकाका कारण आयआर्जनमा वृद्धि हुने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप