सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागलुङमा व्यावसायिक चियाखेती सुरु

आइतबार, १९ असार २०७३, १७ : ३९
आइतबार, १९ असार २०७३

बागलुङ-जिल्लामा चियाखेती सुरु गरिएको छ ।

‘गोल्डेन टि स्टेट’ प्रालिले अमरभूमि–९ सिरबारेमा चियाको व्यावसायिक खेती सुरु गरेको हो । पहिलो चरणमा ५०० रोपनी क्षेत्रफलमा ५० हजार चियाका बिरुवा रोपिएको प्रालिका सञ्चालक इन्द्रलाल सापकोटाले जानकारी दिए । जग्गा व्यवस्थापन गरेर तीन हजार हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।

माटो परीक्षण र सम्भाव्यता अध्ययनपछि चियाखेती सुरु गरिएको हो । सञ्चालक सापकोटाले राष्ट्रिय उत्पादन र आर्थिक समृद्धिमा टेवा पु¥याउन चियाखेती सुरु गरिएको बताए । वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल चियाखेतीका लागि बागलुङ सम्भावनायुक्त ठाउँ रहेको बताउँछन् । “चियाको सम्भाव्यताबारे परीक्षण गरिरहेका छौँ,” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप