सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजकुमार देवकोटा : ट्याक्सी चालकदेखि व्यवसायी र कलाकारसम्म

आइतबार, १९ असार २०७३, २१ : १०
आइतबार, १९ असार २०७३

मनिसलाई सफलता हाँसिल गर्न समय लाग्दैन भन्ने उदाहरण बनेका छन्, सिन्धुली डाडीगुराँसेका राजकुमार देवकोटा । ट्याक्सी चालकबाट काठमाडौंमा जीविकोपार्जन सुरु गरेका देवकोटा अहिले काठमाडौको रिकण्डिसन क्षेत्रमा नाम चलेका व्यक्ति हुन् । व्यापार संगसगै कलाकारितामा प्रवेश गरेका देवकोटाको जीवनसंघर्ष आफैंमा प्रेरणदायी छ । विवाह प्रसंग उनी भन्छन्, ‘मानिस सफल हुनको लागि परिवारको ठुलो हात हुन्छ । मेरो जीवनमा पनि त्यस्तै भयो । दुर्गासँग मेरो भेट काठमाडौँमा साथीभाईसँग भैलो खेल्न जाँदा भयो । पहिलो भेटमा नै कसले सबैकुरा बुझ्न सक्छ र । तर यत्ति भन्छु लक्ष्मीपुजाको दिन भटिएकी उनी मेरो जीवनमा लक्ष्मी नै भएर उदाइन् । मैले उनलाई जीवन संघर्षकै क्रममा भेटे तर हरेक दुःख र कठिनाईमा सधै हौसलामात्र दिइन् । दुर्गाकै साथ र प्रेरणको प्रतिफल हो आजको मेरो यो स्थान ।’ रिकण्डिशन क्षेत्रमा हात कसरी ? मानिसलाई समयले जिउन सिकाउदो रहेछ । ट्याक्सी चलाएको पैसाले जिविकोपार्जन गर्न नसकिने । जीवन त धान्नै पर्यो, त्यसपछि उनले विकल्पहरु खोज्न थाले । त्यहीबीचमा एकजना साथीलाई व्यवसाय सुरु गर्न लागेछन्, तर पर्याप्त पैसा रहेनछ । साथीले उनलाई राम्रो कमाई हुन्छ भन्दै साझेदारीमा काम गर्न प्रस्ताव गरे । नाफा अवश्य हुन्छ, भनेपछि मन नलोभिने कसको नै हुन्छ र ! उनीसँग पनि मनग्य पैसा थिएन । तर, उनलाई लाग्यो साथीको प्रस्ताव राम्रो हो भन्ने । घरमा गए । श्रीमतीसँग सल्लाह गरे गहना बेचौं भनेर । उनीपनि राजी भइन् । पहिल्लै काममा सफलता हात लाग्यो । उनी उत्साहित हुँदै भन्छन्, ‘त्यो सफलतालाई चुक्न दिएको छैन । अहिले रिकण्डिशन क्षेत्रको संगठनको कोषध्यक्ष भएको छु । साथीभाईको माया र मेरो इमान्दारीताको उपज हो जस्तो लाग्छ म काठमाडौमा यसरी टिक्नुमा ।’ कलाकारिताको रस जीवन यात्रा हो भन्न रुचाउने उनी सानैदेखि कलाकारितमा रुची राख्थे । जब कलाकारिता गर्ने चक्करमा लागे, भोको पेटले गला फुर्दो रहेनछ भन्ने उनले राम्ररी बुझे । त्यसैले त उनलाई जीवनमा संघर्ष गर्न प्रेरित गर्यो । ‘आर्थिक रुपमा पनि यही रिकण्डिशन क्षेत्रले सफलता दिलायो । र, अहिले मेरो शोख र गलालाई आम जनतामाझ पु¥याइरेको छु’, उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने मानिसले आफ्नो इन्छा र चाहना परिपुर्ति गर्न जस्तोसुकै संघर्ष गर्न पछि पर्दैन भन्ने लाग्छ मलाई ।’ अबको जीवन कस्तो ? गीत संगितलाई सारथी बनाउँदै आफ्नो व्यवसायलाई निरन्तरता दिने सोचमा छन्, देवकोटा । उनी भन्छन्, ‘मेरो यत्ति सोच हो मेरो व्यवसायले मलाई हातमुख जोड्न धौधौ छैन । त्यसैले गीत संगीतले मलाई जे दिन्छ यो म यसैको उत्थानमा लगाउँछु ।’ अन्त्यमा, नेपालमा अझै कलाक्षेत्र धरासायी नै छ । यसको अर्थ यो क्षेत्रमा सम्भावना छैन भन्न खोजेको होइन । तर कलाक्षेत्रमा भिज्नको लागि पनि धेरै संघर्ष आवश्यक पर्ने उनको अनुभव छ । उनी भन्छन्, ‘नेपालमा कलाक्षेत्रमा नै स्थापित भएका कमै व्यक्ति छन् । तर हामीजस्ता कलालाई माया गर्नेव्यक्तिले कलाक्षेत्रको संरक्षण र संवद्धन गर्नको लागि केही न केही गनुपर्छ ।’ कलासँगै आफ्नो छुट्टै व्यापार व्यवसाय भयो भने यसमा टिक्न सजिलो हुने उनको अनुभव छ । उनी भन्छन्, ‘मेरो पहिलो गीत “मर्थे मर्थे मायामा उसैको” ले धेरै सफलता दिलाएन, यदी मेरो अन्य आयस्रोत थिएन भने यस क्षेत्रबाट टाढा रहनुपर्ने बाध्यता थियो तर यही रिकण्डिसन क्षेत्रमा लागेको कारणले मेरो शोकको क्षेत्र कलाकारितालाई छोडिन ।’ अहिले उनकै आवाज रहेका एल्बम “अंकुरण” बजारमा आएको छ । आम संगीतप्रेमी स्रोताको मायाले गीतले सफलतातर्फ डोर्याएको उनी बताउँछन् । असफलतालाई हरेस भन्दापनि ज्ञानको रुपमा लिँदै निरन्तरता दिइयो भने यसले अवश्य सफलता दिलाउने उनको बुझाई छ । धेरै सम्रान्त वर्गको मानिस व्यापारमा स्थापित भएको देखिन्छ । राजकुमार भने एक मध्यम वर्गीय परिवारमा जन्मिएर हरेक अवरोध छिचोल्दै आहिले काठमाडौमा टिक्न सक्ने भएका छन् । अहिले उनको व्यापारले अरुलाई पनि काम गर्ने अवसर दिनसक्ने भएको छ । भनिन्छ देखेको पाइदैन , लेखेको पाइन्छ । त्यस्तै भएछ देवकोटाको जीवनमा पनि । ट्याक्सी चलाएर बचेको केही पैसा र श्रीमतीको गहना बचेर शुरु गरेको रिकण्डिशनको कामले आज उनलाई यो स्थानमा ल्याइदिएको छ । उनी भन्छन् “व्यापार जीउन गरिरहेको छु, कलाकारिता सन्तुष्टिको लागि”। ६ वटा आधुनिक गीतहरुमा एकल स्वर दिइसकेका देवकोटाले हर्के हवल्दार लगायत विभिन्न टेलिसिरियल पनि खेलिरहेका छन् । हुने विरुवाको चिल्लोपात भनेझै उनको एल्बम “अंकुरण” साँच्चै फुल्न खोजीरहेको छ । कलाकारीतामा लागेका धेरै मानिस असफल भएको देखिन्छ । तर उनी अझै कलाकारिता छोड्ने मनस्थितीमा छैनन् जुन उनको एल्बम अंकुरण दिएको हौसला हो । त्यसको कारण एउटै हो असफलता नै सफलताको प्रतिक हो । असफलताले नै ज्ञान दिन्छ । त्यसैले भन्छन्, ‘व्यापार र कलाकारीता अब मेरो जीवनको एक सिक्काको दुईपाटो भइसक्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप