सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वस्तीमाथिको ढुंगोले गाउँ नै खतरामा, घर मिच्ने त्रासमा आनन्दले सुत्दैनन् भण्डारेवासी

आइतबार, १९ असार २०७३, २१ : १६
आइतबार, १९ असार २०७३

नुवाकोट–भुकम्पले हल्लाइदिएर भिरमा अड्काइदिएको बडेमानको ढुंगोले नुवाकोटको मनकामना गाविसको भण्डारे गाउँ नै मिचिने खतरामा छ । वडा नं. ७ भण्डारे गाउँमाथि गएको पहिरोबाट ठूलोढुंगा तल सरेपछि स्थानीवासीको उक्त ढुंगा खस्ने भयले त्रसित छन् । जोखिमयुक्त ढुंगाकै कारण विगत १४ महिनादेखि गाउँलेहरु राम्रोसँग निदाउनसमेत पाएका छैनन् । गत वर्ष बैशाख १२ गते आएको भुकम्पले गाउँमाथिको ठूलाढुंगा १५ मिटर तल गाउँमाथि डिलमा अड्केर बसेपछि स्थानीयवासी त्रसित बनेका हुन । ‘गाउँमाथि भीर जस्तो ठाउँमा विशाल ढुंगा बसेको छ, स्थानीय सिंहबहादुर तामाङले भने, ‘रातिपनि ढुंगा खस्ला कि भनेर मास्तिर हेर्नुपर्छ । गाउँका सवैको घरमा पालै पालो सुत्छौँ र ढुंगा हेर्दै रात बित्छ ।’ मनकामना ७ भण्डारेमा २५ घरधुरी छन् । ढुंगा खोस्ने त्रासले १४ महिना भैसक्यो, पूर्व गाविस उपाध्यक्ष नरहरि भट्टले भने, ‘कुन बेला गाँउ सखाप हुने हो थाहा छैन । कि वस्ती सारिदिनु पर्यो ।’ ढुंगा फूटाइदिन गाउवासीले स्थानीय प्रशासन धाइरहेका छन् । हालै स्थानीय प्रशासनले ढुंगा फुटाएर गाउलेको त्रास हटाउन पहल सुरु गरेपनि काम भएको छैन । ‘ब्लाष्टिङका लागि सेनालाई पत्र पठाएका छौ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भने, ‘गृह मन्त्रालयलाई पनि पत्र पठाएका छौ ।’ गाउलेहरु ढुंगा फुटाउन माग गर्दै स्थानीय प्रशासन धाने क्रम नरोकिएपछि प्रशासनले श्रीनाथ गण देवीघाटलाई अध्ययन गर्न पत्र पठाएको छ । सेनाले प्राविधिक टोली खटाएर भएको छ । स्थानीय प्रशासनले माथिल्लो त्रिशूली ३ ए संग अनुरोध गर्दा आयोजनासंग नभएको जनाएको छ । माथिल्लो त्रिशूली ३ बी ले स्थानीयवासीको मागलाई स्वीकार गरेकाले विरोधमा उत्रने बताएका छन् । हाम्रो गाउ जोखिममा परेको छ, स्थानीय सिहबहादुरले भने, ‘आयोजनाले सहयोग गर्दैन भने त्यस्तो विकासे आयोजना के काम ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप