सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संस्थाद्वारा शिक्षामा आधा करोडको सहयोग

आइतबार, १९ असार २०७३, २१ : १९
आइतबार, १९ असार २०७३

नुवाकोट–शिक्षाबाट बञ्चित असहाय, गरिब र जनजाती समुदायका बालबालिकाहरुलाई नुवाकोटमा एक सामाजीक संस्थाले विद्यालय शिक्षामा पहुँच स्थापित गर्न अभियान नै सञ्चालन गरिरहेको छ । विगत १३ वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील संस्था असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा नेपालले विद्यालय भवन निर्माण, छात्रवृति, शिक्षकलाई तलब लगायत निम्न आयस्तर भएका विद्यार्थीहरुको विकासमा लगानी गर्दै आएको हो । यसरी गरिने सहयोग बावुराम शर्मा अधिकारी उपाध्यक्ष शेषराज शर्मा अधिकारी दाजुभाईले व्यक्तिगत कमाईलाई शिक्षा क्षेत्रमा लगाउँदै आएकोमा १३ वर्षदेखि भने त्यही व्यक्तिगत सहयोग रकमलाई संस्थामार्फत् यसरी शैक्षिक विकासमा लगाएका हुन् । नुवाकोटको गोस्र्याङ गाविस वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको सो संस्थाले विद्यालय भवन निर्माण, छात्रवृत्ति प्रदान, खेलकुद सामग्री वितरण, कम्प्युटर वितरणलगायत २३ स्थानका विद्यालयहरुमा ५० लाख रुपैया प्रदान गरिसकेको छ । सवैभन्दा वढि शंखादेवी उच्च माविमा १५ लाख ५५ हजार रुपैयाँको आर्थिक तथा भौतिक सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाले नुवाकोटमा गत वर्षको एसएलसी परिक्षामा उत्कृष्ट स्थान ल्याएका विद्यार्थीहरुलाई यसपटक सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नुवाकोटको वट्टारमा आफ्नो १३ औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेसनका अवसरमा एसएलसी परिक्षामा उत्कृष्ट स्थान ल्याएका तीन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । गत २०७१ सालको एसएलसी परिक्षामा नुवाकोटभरी मै प्रथमस्थान ल्याएका सिम्रन श्रेष्ठ, द्वितिय सुशील लामिछाने र तृतीय स्थान ल्याएका केदार लामिछानेलाई क्रमशः दुई हजार, एकहजार पांचसय रुपैया पुरस्कारका साथै सम्मानित गरिएको हो । प्रमुख अतिथी निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनका केन्द्रीय सदस्य ठाकुर पुडासैनीले विद्यार्थीहरुलाई सम्मान गर्दै शिक्षा नै मानिसको विकासको आधार भएको हुँदा विद्यार्थीहरुले गरेको मेहनतवापत गरिने सम्मानले थप हौसला र शैक्षिक प्रगतीको प्रेरण मिल्ने बताए । आयोजक संस्था असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा नेपालका अध्यक्ष वावुराम शर्मा अधिकारी, उपाध्यक्ष शेषराज शर्मा अधिकारी, सचिव नवराज अधिकारी, कोषाध्यक्ष राममणी अधिकारीलगायतले शिक्षालाई हरेक वर्ग र समुदायका नागरिकहरुको पहुँचमा पु¥याउन आफूहरुले संस्थागत रुपमै अभियान चलाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप