इतिहासका त्यस्ता घटना जसमा मानिसले मानिसलाई नै खाए
सोमबार, २० असार २०७३, ११ : ४८
मानिसलाई सभ्य सामाजिक प्राणी मानिन्छ तर इतिहासमा त्यस्ता उदाहरणहरु पनि छन् जब यिनै सामाजिक प्राणी पूर्ण रुपमा जंगली जनावरजस्तै बने । त्यसमाथि नरभक्षी । यस्तो गर्नु धेरै मानिसहरुको रहर थिएन तर कोहीले सनकमा आएर नरभक्षी भए । हेर्नुहोस्, मानिसलाई मानिसको नै आहारा बनाइदिएको इतिहासको गर्भमा लुकेका केहि घटनाः
एल्फर्ड प्याकर (१८७४):
अमेरिकी नागरिक एल्फर्ड प्याकर सुन खानीमा सुन खोज्ने काम गर्दथे । यसका लागि उनी आफ्नो समूहसँगै विभिन्न ठाउँको अनुसन्धान गर्दै हिँड्दथे । ९ फेब्रुअरी १८७४ को दिन इतिहास बन्यो जब उनीसहित अन्य पाँचजना कोलोराडोको जंगलमा सुन खोज्न निस्किए । दुई महिनासम्म त्यो पहाडमा के भयो त्यो अहिले पनि रहस्यमै छ तर एल्फर्ड प्याकर जब दुई महिना पछि फर्किए तब उनी एक्लै थिए । उनका सबै साथी गायब भइसकेको थिए । उनका अनुसार आफूसँग भएको सबै खानेकुरा समाप्त उनले आफ्ना पाँच साथीहरुको शवलाई काटेर दुई महिनासम्म खाए र त्यही कारण आफू बच्न सफल भएको उनले बताए । उनको स्थिती थाहा पाउनका निमित्त अमेरिकी पुलिसले दुईवटा अनुसन्धान आयोग गठन गरे । दुईवटा अनुसन्धानको अगाडि उनको झुट लुक्न सकेन । उनको सबै बास्तविकता ओकले । उनका अनुसार उनलाई बाल्यकालदेखि नै मान्छेको मासु कस्तो हुन्छ भन्ने थाहा पाउन मन थियो । आफ्नो यही इच्छा पूरा गर्नका लागि उनले एउटा झूटो समूह बनाए र झुटो सुन खोजीको अभियानमा निस्किए । उनलाई मानिसहरुको हत्याको अभियोगमा मृत्युदण्डको सजायँ सुनाइएको थियो तर पछि उनले मुद्दा जिते र उनलाई ४० वर्षको जेल सजायँ भयो ।
रिभोलुश्नरी युनाइटेड फ्रन्ट (सन् १९९१–२००१):
दक्षिण अफ्रिmकाको सियोरा लियोनका यी चर्चित क्रान्तिकारी समूह थियो । जसले सन् १९९०को दशकमा सरकार विरोधी अभियानको नेतृत्व लिए । यो फ्रन्ट दक्षिण अफ्रिकी हिराको खानीलाई बचाउनको लागि लडिरहेको थियो । यो क्रममा उनका सदस्यहरुले थुप्रै मानिसहरुको मासु खाए । वास्तवमा यस्तो गरेर उनीहरु शत्रुको मानसिक र शारिरिक ताकत पाउन चाहन्थे । कति मानिसहरु यो फ्रन्टको शिकार भए, त्यसको संख्या अनिश्चित छ तर यसको संख्या हज्जारौंमा थियो भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
जोसफ कोन्ये (१९८६– २००९):
अगस्ट १९६१ मा जन्मिएका जोसफ कोन्ये युगान्डा युद्धका सबैभन्दा ठूला अपराधी मानिन्छन् जसले त्यहाँका सेनालाई वर्षौंसम्म नराम्रोसँग छक्काए । उनी बालबालिकालाई अपहरण गर्दथे र यातना दिने गर्दथे । एउटा घटना यस्तो पनि थियो कि उनले १० जना महिलाहरुको नाक, कान सामूहिक रुपमा काटे र उनीहरुलाई बन्दुक देखाएर त्यो खान आदेश दिए त्यसपछि उनीहरुलाई घर पठाइयो । एकपटक अपहृत थुप्रै बच्चाहरुलाई धेरैबेरसम्म उनले केही खान दिएनन्, तर एक बालकले भोक खप्न नसकेका कारण केही खाइदिए । जोसफले ती बालकको मात्र हत्या गरेनन् अन्य थुप्रै बच्चाहरुलाई पनि एकैसाथ मारिदिए । उनले सन् २००७ सम्म ८८ विवाह गरे, जसबाट सन् २००७सम्म उनको ४२ वटा बच्चा जन्मिए ।
एन्द्रेई चिकातिलोः
एन्द्रेई युक्रेनमा जन्मिएका एक सिरियल किलर र बलात्कारी थिए । उनले ५० जनाको हत्या र दुष्कर्मको स्विकार गरेका थिए । उनी पहिला मानिसलाई साथी बनाउँथे र त्यसपछि हत्या गर्ने गर्दथे । यति मात्र कहाँ हो र, हत्या पछि मान्छेको मासु पनि खाने गर्दथे । उनलाई सन् १९९४ को १४ फेब्रुअरीमा मृत्युदण्डको सजायँ दिइयो ।
महारानी एलिजाबेथ ब्याथोरी (हंगेरी १६ औं शताब्दी):
१६ औं शताब्दीमा हंगेरीकी महारानी एलिजाबेथ ब्याथोरीको जीवनको दुई पाटो थियो । एकमा उनी निकै सफल र अर्कोमा उनी निकै विक्षिप्त सिरियल किलर थिइन् । उनी क्याचटिस महलमा एक्लै बस्दथिन् र उनले यहँँ ६ सय ५० भन्दा बढि जवान महिलालाई प्रताडित गरेर हत्या गरेकी थिइन् । यद्यपी, कसैले राजनीतिक कारणले यो कुरा बढाई चढाई गरेको भनिएको भन्ने हो समेत भनिन्छ । उनको मृत्यु पछि पनि ती घटनाहरुलाई रेकर्डको रुपमा दर्ता गरिएको थिएन ।
स्टेला म्यारिस कलेज रग्बी (सन् १९७२):
१३ अक्टोबर सन् १९७२ मा यो समूह म्याच खेल्नको लागि मोन्टेभिडियो, उरुग्वेबाट स्यान्टियागो, चिली गइरहेको थियो । खराब मौसम र प्राविधिक गडबडीका कारण उनीहरु सवार जहाज चिली र अर्जेन्टिनाको बोर्डरमा दुर्गम पहाडमा दुर्घटनाग्रस्त भयो । तीनवटा देशका थुप्रै सर्च टिकद्वारा ११ दिनसम्म फ्लाइटमा सवार ४५ व्यक्तिहरुको खोजी गरियो तर केही पत्ता लाग्न सकेन । त्यसपछि खोज अभियान बन्द गरियो । त्यसबिच ७२ दिन पछि जहाजमा सवार १६ मानिसहरुको पत्ता लाग्यो जसले जीवित रहनको लागि अन्य मृत यात्रुहरुको मासु खाएका थिए । यो घटनामा २७ मानिसहरु बाँचेका थिए तर धेरै मानिसहरु गम्भीर रुपमा घाइते थिए । यस्तोमा जब खानेकुराको आवश्यकता पर्यो तब सबैभन्दा कमजोर व्यक्तिलाई मिलेर हत्या गर्दथे र उसको मासुले पेट भर्दथे ।
रातू उडरे (१९ औं शताब्दी):
१९ औं शताब्दीमा रातू उडरे फिजीका एक समूह मुखिया थिए । यो समूह मानव भक्षणमा विश्वास गर्दथ्यो । रातू उडरेलाई अहिलेसम्मको सर्वाधिक खतरनाक मानिस बताइन्छ । उनी मानिसहरुको टाउको पकाएर खाने गर्दथे । रातू उडरेले कतिजना मानिसको टाउको पकाएर खाएछु भन्नका लागि प्रत्येक व्यक्तिको लागि एउटा ढुङ्गा राख्ने गर्दथे, जुन ८७२–९९९ सम्म भएको बताइन्छ । उनका अनुसार हजार व्यक्तिको टाउकोको मासु खाएमा अमर भइन्छ भन्ने उनको विश्वास थियो तर ९९९ सम्म पुग्दा नै उनको मृत्यु भएको थियो । उनको मृत्यु पछि उनको चिहानका साथै मानव गन्तीको लागि राखिएको सबै ढुङ्गालाई सुरक्षित राखियो ।
यो योंग–चुल (दक्षिण कोरिया–२००३÷०४):
यो योंग चुल दक्षिण कोरियाली सिरियल किलर र मानिसको मासुको भक्षक थिए । उनले सन् २००३–२००४ को बिचमा २१ मानिसहरुको हत्या गरे जसमा धेरैजसो धनी वृद्ध र वेश्याहरु थिए । सबैको हत्या उनी हथौडाको मद्दतले गर्दथे । उनले ११ व्यक्तिको मृत शरिरको टुक्रालाई पकाएर खाएका थिए । दक्षिण कोरियाको सुप्रिम कोर्टले उनलाई १९ जून सन् २००५ मा मृत्युदण्डको सजायँ सुनायो र उनलाई तत्काल फाँसी दिइयो ।
चिजोन फ्यामिली (दक्षिण कोरियाली ग्याङ्ग– १९९३–१९९४):
दक्षिण कोरियाली यो समूहले धनी मानिसहरुलाई आफ्नो शिकार बनाउँदथे । उनीहरुको हत्या गरिदिन्थे र उनीहरुको मासु खाने गर्दथे । पहिला उनीहरुको अपहरण गर्दथे र फिरौती रकम माग्दथे । कसैको त फिरौती रकम पाएपछि पनि हतया गरिदिन्थे । यी समूहका सबै सदस्यलाई सन् १९९४ मा पक्रियो र मृत्युको सजायँ सुनाइयो । धनी व्यक्तिहरुको पहिचान स्थापित गर्नका लागि उनीहरुले १२ सय मानिसहरुको लिष्ट एक पसलबाट किने, जो क्रेडिट कार्डको प्रयोग गर्दथे । मृत्युको सजायँ पाएपछि एक आरोपीले टिभी रिपोर्टरलाई भने, ‘हामीलाई दुःख छ हामीले ५ जना मानिसहरुलाई मात्र मारेर खान सफल भयौं ।’