सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एप्पल आइफोन सेभेन, सेभेन प्लसः यी विशेषता हुने अनुमान

सोमबार, २० असार २०७३, १४ : १२
सोमबार, २० असार २०७३
एप्पल आफ्नो आइफोनको नयाँ संस्करण यही वर्षको सेप्टेम्बरमा निकाल्ने कसरतमा लागिपरेको छ । एप्पलको यही कसरतसँगै नयाँ बन्न लागेको आइफोन कस्तो हुने हो, यो सबैको चासोको विषय बनेको छ । यस्तोमा थुप्रैले नयाँ निस्कने आइफोनको विशेषता अनुमान गरिरहेका छन् । आफ्नो परम्परा लागू गर्दै, एप्पलले नयाँ आइफाने दुई भर्सनमा निकाल्ने अनुमान गरिएको छ – आइफोन सेभेन र सेभेन प्लस । एप्पलको नयाँ संस्करण यस्तो बन्ने अनुमान गरिएको छ: उस्तै डिस्प्ले साइजः एप्पलले उस्तै साइजको डिस्प्ले लागू गर्ने अनुमान गरिएको छ । आइफोन सेभेनमा ४.७ इन्च र थ्रीडी टचको डिस्प्ले राखिने अनुमान गरिएको छ भने आइफोनको सेभेन प्लस अलि ठूलो साइजमा आउने अनुमानित छ जसको डिस्प्ले ५.५को हुने आशंका व्यक्त गरिएको छ । एप्पलले रिसोलुसनमा पनि टक्कर दिने अनुमान छ । ए टेन प्रोसेसरः नयाँ आइफोनमा एटेन प्रोसेसर हुनेछ । आइफोन सेभेन २ जीबि र्याममा उपलब्ध हुने अनुमान गरिरहेका बेला आइफोन सेभेन प्लसमा ४ जीबि र्याम हुने अनुमान गरिएको छ । थोरै स्टोरेज ३२ जीबिः आफ्नो नयाँ आइफोनमा एप्पलले १६ जीबिलाई निरन्तरता नदिने अनुमान गरिएको छ । आइफोन सेभेन र सेभेन प्लसमा सबैभन्दा थोरै स्टोरेज भनेको ३२ जीबि हुनेछ । एप्पलले व्यवसायीक प्रयोगकर्ताका लागि २५६ जीबि स्टोरेज भएको फोन निकाल्ने अनुमान गरिएको छ । धेरै मेगापिक्सेलः आइफोन सेभेन प्लसका लागि एप्पलले ठूलै योजना निकालेको छ । यसमा १६ मेगापिक्सेलको रियर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुने अनुमान गरिएको छ । यस्तैमा, आइफोन सेभेनमा १२ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुने अनुमान गरिएको छ । ‘सबै नयाँ’ अपरेटिङ सिस्टमः एप्पलले आफ्नो नयाँ फोनमा आइओएस १० राख्नेछन् । यसमा भर्चुअल किबोर्डको सुविधा दिइनेछ । नयाँ आइओएसले फोटो एपमा पनि उल्लेखनीय सुधार ल्याउने अनुमान छ । ठूलो ब्याट्रिः एप्पले आफ्नो नयाँ फोनको ब्याट्रि ठूलो राख्नेछ । यसमा ३,००० एमएएचको ब्याट्रिका साथै यसलाई ४,००० एमएएच ब्याट्रिले ब्याक गर्नेछ । हेडफोन ज्याक नहुनेः आफ्नो नयाँ आइफोनमा एप्पलले परम्परागत ३.५ एनालग हेडफोन सकेट नराख्ने अनुमान गरिएको छ । यसलाई पुष्टि गर्ने कुनै आधार त छैन तर एप्पलले आफ्नो नियमित इयरपडलाई नयाँ फोनसँगै एडेप्टरसमेत दिनेछ । छिटो चार्जः ठूलो ब्याट्रि साइजसँगै एप्पलले आफ्नो नयाँ फोन चाँडै चार्ज हुने बनाउने अनुमान गरिएको छ । वाटरप्रुफः आजकाल सबै एन्ड्रोइड स्मार्टफोनमा वाटर प्रुफ भइरहेका बेला, एप्पलले पनि यो सुविधा आफ्नो नयाँ फोनमा लागु गर्ने अनुमान गरेको छ । तर कसैले आइफोन सेभेन प्लसमा मात्र वाटर प्रुफको सुविधा दिइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप