सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रिलायबलले १० प्रतिशत बोनस शेयर दिने

सोमबार, २० असार २०७३, १३ : ५०
सोमबार, २० असार २०७३

काठमाडौ–रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै, बोनस शेयर पश्चात १ः१ हकप्रद शेयर जारी गर्ने पनि जनाएको छ । बैंकको हालै सम्पन्न १० औ साधरणसभावाट यो प्रस्ताव पारित भएको हो । बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको छ । बैंकको ०७३ असार १७ गतेसम्म निक्षेप ८ अर्ब १२ करोड र कर्जा लगानी ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले असार मसान्त भित्र तनहुँको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पुँजी रहेको यस बैंकले अधिकृत पुँजी वृद्धि गरी ३ अअर्ब रुपैयाँ पुर्याउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप