सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राजदुत रेलाई देश निकाला गर्नुपर्छ : बिजुक्छे

सोमबार, २० असार २०७३, १४ : ०२
सोमबार, २० असार २०७३

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय राजदुत रञ्जित रेलाई अयोग्य घोषणा गरेर देश निकाला गर्नु पर्ने बताएका छन् । रफत संचार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने ‘राजदुत भएर गुप्तचरको जस्तो व्यवहार र काम गर्ने व्यक्तिलाई देशबाट हटाउनु पर्दछ ।’ पटक पटक भारत गएका परराष्ट्र मन्त्री कमल थापाले राजदुत रेको बारेमा कुरा उठाउन नसक्नु दुखत भएको नेता बिजुक्छेको भनाई रहेको छ । वर्तमान सरकार सजिलै परीर्वतन हुन नसक्ने भन्दै बिजुक्छेले सरकार परीर्वतन भएमा मुलुकमा गम्भिर संकट पैदा हुने बताए । तत्काल नयाँ सरकार बन्ने संम्भावना नरेहको बरु विरोधी दल समेत यहि सरकारमा सहभागी हुन सक्ने उनको दाबी छ । निजि मेडिकल कलेजहरुको गतिविधीबाट जनतामा त्रास पैदा भएको र भारतीय लगानीमा संचालनमा रहेका मेडिकल कलेजले नेपालीको स्वास्थ्य माथी खेलबाड गरी रहेको नेता बिजुक्छेको आरोप छ । कार्यक्रममा बोल्दै उनले भने ‘मेडिकल कलेजहरुले बिरामीको शरिरलाई प्रयोगशाला बनाउने गरेका छन्, त्यसतर्फ सबैको ध्यान दिनु जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप