सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नगरकोटमा दुर्लभ सालक फेला

सोमबार, २० असार २०७३, १७ : ०३
सोमबार, २० असार २०७३

नगरकोट– चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहेश्वरी गणमा दुर्लभ स्तनधारी जनावर सालक फेला परेको छ ।

[caption id="attachment_12231" align="alignleft" width="840"] File Photo[/caption]

शनिबार साँझ फेला परेको उक्त भाले सालकलाई सशस्त्र प्रहरीले आइतबार जिल्ला वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।

कार्यालयले भने उक्त दुर्लभ चिनियाँ जातको सालक भक्तपुरको सूर्यविनायक नपा सिपाडोलस्थित तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ ।

वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले तौडोल छाप सामुदायिक वन सालकको प्राकृतिक बासस्थान रहेकाले उक्त समूहलाई सालक हस्तान्तरण गरिएको जानकारी दिए ।

उक्त सालकको गोलाइ ७१।५ सेन्टिमिटर र तौल ३।९९ किलोग्राम रहेको छ । जिल्ला वनले आइतबार समूहका कोषाध्यक्ष सञ्जीव थापालाई उक्त सालक हस्तान्तरण गरेको छ ।

उक्त सामुदायिक वनले दुर्लभ जनावर सालकको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत सालकको प्राकृतिक बासस्थानको संरक्षणसँगै उक्त क्षेत्रमा सुरक्षा घेरा लगाइएको समूहका अध्यक्ष महेश्वर बोहराले जानकारी दिए ।

उनका अनुसार उक्त सामुदायिक वनमा अहिलेसम्म सातवटा सालक छाडिसकिएको छ । जिल्ला वन कार्यालयले हस्तान्तरण गरिएको सालक आइतबार सामुदायिक वनको सालक संरक्षित क्षेत्रमा छोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप