सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पढे नि साथसाथ मरे नि एकसाथः आतंककारीले छोडिदिएपनि तारिषीका लागि फराजले दिए ज्यान

मङ्गलबार, २१ असार २०७३, १० : ३१
मङ्गलबार, २१ असार २०७३
ढाका हमलामा ज्यान गुमाउने भारतीय नागरिक तारिषी जैनका साथी फराजले जीवनको अन्तिम क्षणसम्म पनि साथी हुनुको कर्तव्य निभाए । तारिषी आतंककारी हमलाको क्रममा रेष्टुरेन्टमा आफ्ना दुई साथीहरु अंबिता कबिर र फराज हुसैनसँग त्यहीँ थिइन् । आतंककारीले फराजलाई बंगलादेशी भएका कारण छोडिदिएका थिए तर उनले तारिषीको साथ छोडेनन् । ६ आतंककारीले यी तीनसहित २० विदेशीहरुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । तारिषी, अंबिता र फराज अमेरिकन स्कूलमा एक साथ पढ्दथे र उनीहरुको मृत्यु पनि एकै साथ भयो । रिपोर्टका अनुसार आतंककारीले फराजलाई रेष्टुरेन्टबाट जानको लागि आदेश दिएका थिए तर उनी आफ्ना साथीहरुलाई छोडेर जाने पक्षमा थिएनन् । आतंककारीले मानिसहरुलाई छानीछानी मारिरहेका थिए र उनीहरुले त्यहाँ उपस्थित सबैजनालाई कुरानको हरफ पढ्न दिइरहेका थिए । जसलाई कुरानका हरफ आउँथ्यो, उनीहरुलाई माफी दिइन्थ्यो तर जसलाई आउँदैनथ्यो उनीहरुको घाँटी काटेर हत्या गरिरहेका थिए । तारिषीका साथी फराजलाई पनि कुरानका हरफ आउँथ्यो । यदि उनी चाहन्थे भने आफ्नो ज्यान बचाउन सक्थे तर २० वर्षीय फराजले आफ्ना साथी तारिषी र अंबिताका लागि आफ्नो जीवन नै दाउमा लगाइदिए । आतंककारीले भारतका तारिषी र अमेरिकामा बस्ने अंबिता कबीरको हत्या गरिदिए त्यसपछि उनीहरुले फराजलाई पनि मारे । यो पनि पढ्नुहोस्: अमेरिकाबाट छुट्टी लिएर बंगलादेश पुगेकी तारिषी संसारबाटै बिदा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप