सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यापारीद्वारा तरकारी बजार अनुगमन गर्न पुगेको टोलीमाथि आक्रमण (फोटो /भिडियो )

मङ्गलबार, २१ असार २०७३, ११ : ५७
मङ्गलबार, २१ असार २०७३

काठमाडौं– राजधानीको बल्खुस्थित कृषि तथा फलफूल बजारमा अनुगमनका लागि पुगेको टोलीमाथि व्यवसायीद्वारा अवरोधको प्रयास भएको छ ।

 

मंगलबार बिहान विषेश बजार अनुगमन अभियान अन्तर्गत त्यहाँ पुगेको आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा हित संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त बजार अनुगमन टोलीमाथि व्यवसायीहरुले अवरोध गरेका हुन् ।

सो क्रममा व्यवसायीहरुले टोलीमाथि अवरोध गर्दै ढुंगा तथा तरकारीले आक्रमण गरेपछि केहि बेर तनाव समेत उत्पन्न भएको थियो । व्यवसायीहरुले आफूहरुलाई कुनै जानकारी नै नदिई अनुगमनका लागि टोली आएको भन्दै ढुंगा प्रहार गरेका हुन् ।

तर पछि प्रहरीको सहयोगमा भएको अनुगमनका क्रममा व्यवसायीहरुले उपभोक्तलाई ढक तराजुमा ठग्ने गरेको पाइएको छ ।

मन्त्रालयका अनुसार त्यहाँ सञ्चालित ४ सय ढक तराजुमध्ये १ सय ओटा मात्रै मापदण्डअनुसारको पाइएको छ ।

यसरी मापदण्ड विपरित ढक तराजु राखिएको पाइएपछि तराकारी बजार व्यवस्थापक मोहन बस्नेतले गल्ती भएको स्वीकार्दै अब विभागमा मापदण्डअनुसारको ढक तराजु राखिने बताए ।

मन्त्रालयले विषेश बजार अभियान सुरु गरिएको भन्दै अनुगमनका क्रममा दोषी पाइए कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप