सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुधको लागत मूल्य घटाउदै फरेज

मङ्गलबार, २१ असार २०७३, १२ : ०९
मङ्गलबार, २१ असार २०७३

भैरहवा– जिल्लामा पशु आहारा बिकास राष्ट्रिय अभियान (फरेज मिशन) अन्र्तगत बिभिन्न घाँसको उत्पादन तथा प्रयोग हुन थाले पछि दुधको लागत मूल्य घटेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । गत बर्ष देखी यो कार्यक्रम शुरु हुन अघि दुधको प्रतिलिटर लागत ४२ रुपैया रहेकोमा अहिले लागत मूल्य घटेर ३७ रुपैया २५ पैसा भएको पशु सेवा कार्यालयका सूचना अधिकृत डा. प्रदिप शर्माले बताए । पशु नश्ल सुधार राष्ट्रिय अभियान अन्र्तगत फरेज मिशन जिल्लामा भित्रिए पछि पशु जन्य खाद्य पदार्थको लागी जिल्ला आत्म निर्भर मात्र नभई अन्य जिल्लामा निर्यात समेत गर्न थालेको कार्यालयको भनाई छ । जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धिराज उपाध्यायका अनुसार सामान्य अवश्थामा एउटा व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ तर रुपन्देहीमा उत्पादीत दुध यहांको जनसंख्या को औषतमा १ सय ४८ लिटर दुध पुग्नेगरी उत्पादन भै रहेको छ । पशु आहार विकाश राष्ट्रिय अभियान अर्थात फरेज मिसन कार्यक्रमले वितरण गरेको उन्नत जातका घांसका कारण रुपन्देही जिल्लामा पशु आहारमा उल्लेख्य प्रगती भएको व्यवसायीक पशुपालनमा सहयोग पुगेको पशुपालकको भनाई छ । जिल्ला पशु सेवा कार्यालयले सोमबार भैरहवामा आयोजना गरेको जिल्लामा पशु आहारा बिकास राष्ट्रिय अभियान (फरेज मिशन) कार्यक्रम अन्र्तगत पत्रकार मिडिया तथा सरोकारवाला बिच सार्वजनिक सुनुवाईमा घाँस उत्पादन जिल्लामा बिस्तारै ब्यावसायीक हुदै गएको निष्कर्ष निकाले । जिल्लामा अहिले वार्षिक रुपमा १ लाख ३० हजार ५ सय ७५ मेट्रीक टन दुध उत्पादन हुने गरेको छ । यो व्यवसायीक रुपमा गाई पालन गर्ने रुपन्देहीमा रहेका ३ सय १९ ओटा गाईफारामबाट लिईएको तथ्यांक हो । फरेजको कार्यक्रम लागु भएदेखी जिल्लाका विभिन्न स्थानहरु जस्तैः सेमलार, मोतीपुर देवदह, लुम्बिनी, सिक्टहन, धकधई लगायतका स्थानहरुलाई र्घाको लागी पकेट क्षेत्र मानी व्यवसायीक रुपमा घांस उत्पादन गरिएको छ । रुपन्देहीमा सुडान, बाग्रा, टीयु सेन्टी जातका वर्षे घांस जिल्लाको रुद्रपुरमा ३० हेक्टर जमिनमा लगाईएको छ । त्यस्तै स्टाईलो, मूलाको, पास पालन, सुम्बा सेटेरिया, नेपियर, सि ओ फोर, लगायतका उन्नत जातका घांस जिल्लाको २ सय ६३ हेक्टर जमिनमा लगाईएको प्रमुख उपाध्यायले जानकारी दिए । यो वाहेक पनि पशु कार्यालय संग समन्वय नगरीकनै व्यक्तिगत रुपमा घांस लगाउनेको संख्या पनि उल्लेख्य मात्रामा रहेको उनको भनाई छ । जिल्लाको मानपकडी, मानमटेरिया र दयानगर जस्ता गाविसहरुमा अधिकांश कृषकले गहुको सट्टा घाँस लगाउने गरेको मानपकडी पशु सेवा केन्द्रका प्रमुख डबल भण्डारीले बताए । घाँस बिक्रिबाट मात्रै यस गाविसका कृषकले गत बर्ष २ करोड भन्दा बढी रकम आय गरेको उनले जानकारी दिए । ३ वटा गाविसमा गरि करिब ४ सय हेक्टर भन्दा जग्गामा बरसीन घाँसको खेती गरिएको उनको भनाई छ । फरेज मिशन अन्र्तगत हिउदे घाँसको बिउ जै १ हजार ८ सय किलो र बार्षिम २ सय २० किलो २ लाख ४६ हजारमा खरिद गरि बिभिन्न कृषकहरुलाई निशुल्क बितरण गरिएको वरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले बताए । यस अतिरिक्त जै र बर्सिम घाँसको अनुदान कार्यक्रम अन्र्तगत जै घाँसको ४७ जना र बर्सिम घाँसको २२ जना गरि ६९ जना किसानलाई ५ लाख ४५ हजार नगल रकम उपलब्ध गराएको उपाध्यायले जानकारी दिए । कार्यक्रम अन्र्तगत रियोसेन्टी, सुडान, बाजरा ७० हेक्टरमा खरिद गरि बितरण गर्नको लागी ३ लाख ५० हजार बिनियोजन भएको रकमबाट १ सय ४९ हेक्टरमा ३ हजार ५ सय ४८ किलो बर्षे घाँसको बिउ खरिद गरि कृषकहरुलाई निशुल्क बितरण गरिएको कार्यालयले जनाएको छ । फरेज मिशन कार्यक्रमले ब्यावसायीक कृषकहरुको क्षमता बिकास गर्नेमा आफु आशावादी रहेको कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बताए । उनले यस कार्यक्रमले साना कृषकलाई मझौला कृषक, मझौलालाई ठूलो तथा ठूलो कृषकलाई थप यान्त्रिकी करण तर्फ लैजाने विश्वास ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप