सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनसुन केहि शिथिल

मङ्गलबार, २१ असार २०७३, १२ : ३३
मङ्गलबार, २१ असार २०७३

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन केही शिथिल भएको जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् जगदीश्वर कर्माचार्यका अनुसार केही दिनदेखि देशभर नै बदली रहिरहेको छ ।

सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ को अवधिलाई मनसुनको अवधि मानिन्छ । यसपटक भने निर्धारित समयभन्दा पाँच दिनपछि मनसुन सुरु भएको थियो । मंगलबार साँझसम्म काठमाडौँ उपत्यकामा वर्षा हुने पनि विभागले जनाएको छ ।

अहिलेको समयमा जमिन तातेर हावा समेत तात्ने र खाली ठाउँमा न्यून चापीय क्षेत्र विकास हुने गर्दछ । यसले मनसुन सक्रिय रहँदा धेरै वर्षा हुने तथा शिथिल हुँदा कम वर्षा हुने गर्दछ ।

काठमाडौँ उपत्यकामा मनसुन अवधिभर औसत करिब एक हजार १०० देखि एक हजार २०० मिलीलिटर पानी पर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप