सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मालढुङ्गा–बेनी सडक अवरुद्ध

मङ्गलबार, २१ असार २०७३, १२ : ४३
मङ्गलबार, २१ असार २०७३

पर्वत – गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एक मात्र सडक मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

सडकखण्डमा पर्ने पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोला नजिकै सडकमाथिबाट खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक रातिदेखि अवरुद्ध बनेको हो । खोलाले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन र अन्य क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी साधन अलपत्र बनेका छन् । अत्यधिक मात्रामा पहिरो र बाढीले सडक पुरिएका कारण तत्काल सडक खुलाउन समस्या परेको प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप