सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रसूति गृहमा स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै

मङ्गलबार, २१ असार २०७३, १२ : ४७
मङ्गलबार, २१ असार २०७३

काठमाडौँ–दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ ।

यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले आजदेखि आवेदन दर्ता गर्न सक्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । अस्पतालको ५७औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरी सबैभन्दा स्वस्थ बच्चा र आमालाई पुरस्कृत गरिनेछ ।

उक्त प्रतिस्पर्धामा सहभागिता जनाउन गर्भावस्थादेखि नै अस्पतालमा नियमित जाँच र खोप लगाएको हुनुपर्ने, जन्मेदेखि नै लगाउनुपर्ने खोप नियमित गर्दै आएको हुनुपर्नेजस्ता नियम छन् ।

उक्त कार्यक्रमका संयोजक राजु वैष्णवका अनुसार बालबालिकाका उमेरअनुसार तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइन्छ । सोअनुसार जन्मेदेखि ४५ दिनसम्मको एक समूह, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्मका बालबालिकाको तौल, खोप लगाएको विवरण लगायतलाई आधार मानी क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिन्छ ।

आवेदन आगामी साउनको १९ गतेसम्मका लागि खुला गरिएको छ । अस्पतालले ५४ वर्षदेखि उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप