सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोरखाको केरौंजामा पहिरो, ६ जना बेपत्ता

मङ्गलबार, २१ असार २०७३, १२ : ५८
मङ्गलबार, २१ असार २०७३

गोरखा–उत्तरी गोरखाको केरौंडा गाविस–३ छलिम्पुमा मंगलबार पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।

सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । “काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप