सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागेश्वरी क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरिने

मङ्गलबार, २१ असार २०७३, १३ : ३२
मङ्गलबार, २१ असार २०७३

चितवन– कलेज अफ मेडिकल साइन्सेजले चार वर्षअघि छाडेको बागेश्वरीको वन क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

त्यहाँ रहेका महत्वपूर्ण संरचना भने प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । विभिन्न सङ्घसंस्थाले सो क्षेत्रको वन र संरचना माग गरे पनि वन तथा भूसंरक्षण मन्त्रालयले योगी नरहरिनाथ आध्यात्मिक परिषद्लाई धार्मिक वन सञ्चालन गर्न दिने निर्णय गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढेको हो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायका अनुसार व्यावसायिक रुपमा सो क्षेत्रलाई प्रयोग गर्न नदिने निर्णय गर्दै धार्मिक वन बनाउने सहमतिअनुरुप निर्णय भएको हो । मेडिकल कलेजले आवासका लागि निर्माण गरेको २२ ठूला भवन समेत त्यस क्षेत्रमा छन् । रायका अनुसार त्यहाँ रहेका कतिपय भवनलाई फोरेर रुख रोपिन्छ भने कतिपयमा जैविक विविधता सूचना केन्द्र र अन्यलाई तालिम केन्द्रका रुपमा विकास गर्ने योजना बनाइएको छ ।

कलेजले यसअघि प्रयोग गरेको क्षेत्र, नजिकैको खुला चौर र आश्रमले प्रयोग गरेको क्षेत्र गरी तीन दशमलव नौ हेक्टरलाई धार्मिक वनका रुपमा विकास गरिने छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप