सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद बैठकको शून्य समयमा नबोली विरोधको सङ्केत

मङ्गलबार, २१ असार २०७३, १३ : ४०
मङ्गलबार, २१ असार २०७३
काठमाडौं– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिए । केहीले प्रश्नैप्रश्नका साथ आफ्ना अभिव्यक्ति प्रस्तुत गरे भने केहीले शून्य समय र विशेष समयमा बोलेका कुरा सम्बोधन नभएकाले एक मिनेटका लागि निर्धारित शून्य समयमा केही नबोली उभिएर साङ्केतिक विरोध गरे । बाढीपहिरो, भूकम्पपीडितका समस्या तथा पुलपुलेसा, सिँचाइ नहर र कुलो, तटबन्ध निर्माण र तराई– मधेसका समस्या समाधानमा सबै पक्षको सहयोग अपरिहार्य हुने अभिमत उनीहरूले व्यक्त गरे । शून्य समयमा स्थानीय समस्या समाधानका निम्ति सदन र सरकारको ध्यानाकर्षण गराउने रामचन्द्र पोखरेल, रामकृष्ण यादव, राजेश्वरी राई, रामनारायण बिंडारी, रामहरि सुवेदी र राधाकृष्ण पनेरु थिए । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर गोपाल दहितले सङ्घीय गठबन्धन लगायत मधेसका साना दलले उठाएका माग सम्बोधन गर्न सरकार, सदन र प्रमुख प्रतिपक्षी दल गम्भीर हुनुपर्ने बताउँदै नेपालको संविधानप्रति आफूहरूको असहमति दोहो¥याउँदै सदन बहिष्कारको घोषणा गरे । सांसद दहितको घोषणासँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध सांसद बैठक कक्षबाट बाहिरिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप