सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एउटै वनमा २४० प्रजातिका जडीबुटी

मङ्गलबार, २१ असार २०७३, १३ : ५१
मङ्गलबार, २१ असार २०७३

पाल्पा - एउटै सामुदायिकमा २४० प्रजातिका जडीबुटी रहेका छन् ।छहरा गाविस–५ अम्लाबासस्थित अम्लाबास लेकसल्लेरी सामुदायिक वनले २४० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार रहेका छन् ।

अन्यत्र लोप भएका बहुमूल्य जडीबुटी यहाँ देख्न पाइन्छ । चोरी निकासीका कारण बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा पुगेकाबेला ती महत्वपूर्ण जडीबुटी स्थानीय वनमा हुर्काइएका छन् । यसबाट जडीबुटीका लागि अध्ययन अनुसन्धान गर्न सहज हुने सो वन उपभोक्ता समितिका अध्यक्ष माधव घिमिरेले बताए ।

विसं २०५७ देखि जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लट बनाउने काम सुरु गरिएको हो । टिमुर, हर्रो, अम्ला, काफल, लालीगुराँस, नस्पाती, कागती, सुन्तला, अम्रिसो, चिराइतो, पानीअम्ला, भुइँकटर, कटहरलगायतका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लटमा रहेका छन् ।

जिल्ला वन अधिकृत दधीलाल कँडेलले उपभोक्ता समितिमार्फत सञ्चालित नमुना प्लटमा यति धेरै प्रजातिका जडीबुटी सङ्कलन गरेर सो सामुदायिक वनले उदाहरणीय काम गरेको बताए । सो वनले १४ प्रजातिका जडीबुटीको खेती गर्दै आएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप