सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा मारिएका ७ जापानीको शव सरकारी जहाजमार्फत टोकियो लगियो

मङ्गलबार, २१ असार २०७३, १४ : ०३
मङ्गलबार, २१ असार २०७३

टोकियो– गएको शनिबार बङ्गलादेशको राजधानी ढाकामा भएको आतङ्ककारी आक्रमणमा मारिएका सतजना जापानी नागरिकको शव मङ्गलबार जापान पु¥याइएको समाचार छ ।

[caption id="attachment_61384" align="alignleft" width="820"] मङ्गलबार बिहान सबेरै ती शव लगेको जहाज टोकियो विमानस्थलमा अवतरण गरेको थियो । जापानी सरकारी विमानबाट ती शव टोकियो पु¥याइएको जनाइएको छ ।[/caption]

टोकियोको हानेदा विमानस्थलमा मङ्गलबार बिहान ती शव अवतरण गराइएको थियो । त्यस समयमा उक्त विमानस्थलमा जापानी विदेशमन्त्री फुमिओ किसिदाको पनि उपस्थिति रहेको थियो ।

साथै सो विमानस्थलमा जापानी उच्च सरकारी अधिकारी र मारिएका व्यक्तिका परिवारको पनि उपस्थिति रहेको थियो ।

आज नै सो आक्रमणमा परी घाइते भएका एकजना जापानी नागरिकलाई पनि टोकियो लगिएको छ । उनलाई भने विमानस्थलबाटै अस्पताल पु¥याइएको दृश्य टेलिभिजनहरुले देखाएका थिए ।

बङ्गलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी सातजना जापानीको ज्यान गएको थियो ।

उक्त आक्रमणमा २० जना विदेशी नागरिक मारिएका थिए । त्यसमा नौ जना इटालीका नागरिक थिए भने तीमध्ये एकजना भारतीय किशोरी पनि रहेको जनाइएको थियो ।

उक्त हत्याकाण्डको विश्वव्यापी रुपमा नै निन्दा गरिएको छ । यसको संयुक्त राष्ट्रसंघ, जापान, इटाली, भारत एवम् अन्य देशले पनि कडा शब्दमा निन्दा गरेका छन् ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजधानीे ढाकास्थित सो रेष्टुरेन्टमा भएको आतङ्कककादी आक्रमणप्रति दुःख व्यक्तगर्दै बङ्गलादेशबाट आतङ्कवादी तथा हिंस्रक चरमपन्थीलाई निर्मूल पार्न सम्पूर्ण कारबाहीका लागि सरकार प्रतिबद्ध रहेको बताइएको छ ।

ढाकास्थित उच्च सुरक्षा प्रबन्ध गरिएको कूटनीतिक क्षेत्रमा अवस्थित उक्त रेष्टुरेन्टलाई त्यहाँको आतङ्ककारी संगठनका लडाकूहरुले विदेशी नागरिकलाई कब्जामा लिई धारिलो हतियारको प्रयोग गरी क्रूरतापूर्वक हत्या गरेका थिए ।

बङ्गलादेशी कमाण्डो रेष्टुरेन्टमा पुग्दा बीसजनालाई धारिलो हतियारद्वारा हत्या गरिएको पाइए पनि सेना र अन्य सुरक्षाकर्मीद्वारा गरेको संयुक्त कारबाहीमा छ जना आतङ्ककारीको मृत्यु भएको छ भने एकजनालाई जीवितै सुरक्षा नियन्त्रणमा लिइएको छ ।

उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लिएको भएपनि बङ्गलादेशका अधिकारीहरुले भने उक्त आक्रमणमा आइएसको नभई बङ्गलादेशमा नै करिब नौ वर्षअघिदेखि प्रतिबन्ध लगाइएको एक आतङ्ककारी संगठनको हात रहेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप