सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महानगरपालिकाको निर्णय नयाँ शक्तिद्वारा विरोध

मङ्गलबार, २१ असार २०७३, १४ : २८
मङ्गलबार, २१ असार २०७३

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको बृद्धिको नयाँ शक्ति नेपाल काठमाडौं महानगरपालिका परिषद्ले विरोध गरेको छ । महानगर परिषद्का संयोजक शोभा बज्राचार्यले एक विज्ञप्ती जारी गर्दै महानगरबासी भूकम्प र नाकाबन्दीले आक्रान्त भएको अवस्थामा पुनः शुल्क बृद्धि गरिनु आपत्तीजनक भएको उल्लेख गरेकी छन् । विज्ञप्तीमा राजश्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन नगरिएको भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ । यस्तै स्थानीय निकाय जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलले सञ्चालन गर्ने निकाय भएको भन्दै विज्ञप्तीमा जनताको जनजीविकासँग सरोकार राख्ने विषयमा नयाँ शक्तिसहितको राजनीतिक दलको सहमतिमा निर्णय लिनु पर्ने माग समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप