सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले गाउँ अन्धकार

मङ्गलबार, २१ असार २०७३, १४ : ५८
मङ्गलबार, २१ असार २०७३

प्यूठान– गएरातीबाट परेको अविरल वर्षाले ३ वटा लघु जलविद्युत आयोजनामा क्षति पु¥याए पछी रजवारा गाउँ नै अन्धकार भएको छ । उत्तरी प्यूठान रजवारामा रहेको खराखोला लघु जलविद्युत आयोजना, तिखाचुली लघुजल विद्युत आयोजना र सिरिङ खोला लघु जल विद्युत आयोजनामा पूर्ण रुपले क्षति पुगेपछी विद्युत आपूर्ति बन्द भएको हो । करिब ९ सय घरधुरी उक्त जलविद्युतको उपभोग गर्दै आएको स्थानिय पत्रकार जोगिन्द्र मल्लले जानकारी दिए । जल विद्युत आपूर्ति बन्द भएपछी जिल्लामा भएका गतिविधि पाउन लगायत सञ्चारमाध्यमबाट समेत बन्चित हुन परेको छ । त्यस्तै जिल्लाको दुर्गम गाविस मानिने स्याउलिवांगमा रहेको सरिमाखोला लघु जलविद्युत परियोजनाको कुलो बगाएको छ । पहिरोले करिव २ सय मिटर कुलो बगाउँदा आयोजना बन्द भएको हो । स्याउलिवांग वडा नं. १, २ र ३ का २५० घरधुरले उक्त लघु जलविद्युतको उपभोग गर्दै छन् । अविरल वर्षाका कारण अर्खा गाविस वडा नं. ३ मा रहेको कोर्चेघाट खोलामा बाढि आउँदा तीन वटा झोलुंगे पुल र जलविद्युत आयोजनामा पनि असर पु¥याएको छ । जिल्लाको मुटु मानिने झिमरुक फाँटको केही भागमा झिमरुक नदीले निकै असर पु¥याएको छ । झिमरुक जलविद्युल आयोजना श्रोतका अनुसार आज विहान ४ बजे ६४४.९ प्रतिसेकेन्ड घनमिटर पानीको बहाव रहेको छ । यस अघि २०६० साल साउनमा ८३४.३६ प्रतिसेकेण्ड घनमिटर पानीको वहाव रहेको स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप