सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिरफिरेदेखि प्रश्नहरुको कारखानासम्म : मदन पुरस्कारका लागि छानिए ७ पुस्तक

मङ्गलबार, २१ असार २०७३, १५ : ०७
मङ्गलबार, २१ असार २०७३
काठमाडौं – मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि प्रारम्भिक सात पुस्तकहरु छनौट गरेको छ । गुठीले बनाएको समितिले उक्त पुस्तकहरुको छनौट गरेको हो । गुठीले २०७२ सालदेखि पुरस्कारका लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट प्रारम्भिक छनौट गरी ‘श्रेष्ठ सूची’ तयार गरी सार्वजनिक गर्ने नीति-नियम गुठीले बनाएको हो । यिनै पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीबाट घोषणा गरिएका श्रेष्ठ सात पुस्तकहरू यस प्रकार छन्स्: १) आमोई – भुवनहरी सिग्देल २) ऐना – रामलाल जोशी ३) चीरहरण – नीलम कार्की निहारिका ४) निर्वाण – घनश्याम खड्का ५) प्रश्नहरूको कारखाना – सरिता तिवारी ६)फिरफिरे – बुद्धिसागर ७) सिमानाका रङ्ग सिमानाका तरङ्ग– दामोदर पुडासैनी ‘किशोर’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप