सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महशुल वृद्धिप्रति सिएनआईको विरोध

मङ्गलबार, २१ असार २०७३, १५ : १४
मङ्गलबार, २१ असार २०७३

काठमाडौ–विद्युत महशुल निर्धारण आयोगले साउन १ गतेवाट लागु हुनेगरि विद्युत महशुल वृद्धि गर्न लागेकोप्रति नेपाल उद्योग परिसंघ (सिएनआई) ले विरोध गरेको छ । सिएनआईले यो अवस्थामा विद्युत महशुल वृद्धि गर्दा मुल्यवृद्धि थप वढ्ने र औद्योगिक उत्पादनमा समस्या आउने जनाएको छ । सिएनआइले औद्योगिक उत्पादनमा हस आउने र उत्पादनको प्रतिश्पर्धामा समेत असर पर्ने भन्दै विद्युत महशुल वृद्धिको निर्णयप्रति विरोध जनाएको हो । सिएनआइले विद्युत महशुल वृद्धि गर्नुपूर्व चुहावट नियन्त्रण गर्नुपर्ने माग अघि सारेको छ । चुहावट नियन्त्रण गर्नुको सट्टा महशुल वृद्धि गर्दा आम उपभोक्तालाई असर पर्ने सिएनआइको ठम्याइ छ । आयोगले केही दिन अघि हालको महशुल शुल्कमा १९ प्रतिशत बढाउन सिफारिस गरेको छ । यसवाट उपभोक्ताको बिजुली खर्च बढ्ने भएको छ । यो सिफारिस कार्यान्वयन भएपछि आगामी साउन १ गतेवाट विद्युत उपभोक्ताले न्युनतम् प्रति युनिट ३ रुपैयाँदेखि अधिकतम् १४ रुपैयाँसम्म प्रतियुनिट महशुल तिर्नुपर्नेछ । थोरै युनिट खपत गर्ने उपभोक्ताले प्रति युनिट ३ रुपैयाँ र बढी खपत गर्नेले १४ रुपैयाँ तिर्नुपर्ने सिफारिसमा उल्लेख छ । तर, विद्युत महशुल निर्धारण नियमावली २०५० मा भने बर्षमा ५ प्रतिशतभन्दा बढी महशुल वढाउन नमिल्ने व्यवस्था रहेको भएपनि यसपटक १९ प्रतिशत बढाउन सिफारिस भएको भन्दै उपभोक्तावादी र विभिन्न औद्योगिक संगठनले यसको विरोध जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप