सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित

मङ्गलबार, २१ असार २०७३, १५ : ३४
मङ्गलबार, २१ असार २०७३

काठमाडौ–व्यवस्थापिका संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । समितिको मंगलवार विहान बसेको बैठकले ऐन संसोधन विधेयकमा देखिएका विवादित कुरालाई टुंगो लगाई पारित गरेको हो । समितिले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निबृत्त भएपछि अन्य बैंक तथा वित्तीय सस्थामा जागिर खान पाउने व्यवस्थालाई पनि पनि पारित गरेको छ । डेपुटी गभर्नरले तीन वर्षपछि र निर्देशक र त्यसभन्दा तलबाट सेवा निबृत्त हुनेले दुई वर्षपछि अर्को बैंक तथा वित्तीय सस्थामा काम गर्न पाउने मस्यौदा उल्लेख छ । अवकास प्राप्त व्यक्तिले जागिर खान जानु अघि राष्ट्र बैंकबाट अनुमित लिनुपर्ने व्यवस्था भने गरिएको छ । ऐनको मस्यौदामा राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर राख्ने संशोधन प्रस्ताव परेको भएपनि यो संशोधन प्रस्ताव भने खारेज भएको छ । त्यस्तै सभासद्ले राखेको मौद्रिक नीति समिति बनाउने प्रस्ताव पनि खारेज भएको छ । सरकारले बचत खर्च गर्ने विषयमा अंकुश लगाउन खोजेपछि ऐनको मस्यौदामा विवाद देखिएकाले समितिले त्यो विवादित खण्डनै हटाइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप