सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गिरान्चौरलाई सहयोग जुटाउन कतार जाँदै धुर्मुस सुन्तली

मङ्गलबार, २१ असार २०७३, १५ : ३९
मङ्गलबार, २१ असार २०७३

काठमाडौं–गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाँदै छन् । इदको दोश्रो दिन बस्ती निर्माणको सहयोगार्थ कतारमा हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जान लागेका हुन् । धुर्मुसले राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जाने बताएपछि सोहि अनुसार व्यवस्था गरेको आयोजक सास क्रियशनले जनाएको छ । नेपाल वायु सेवा निगमको विमानमार्फत कलाकारहरु धुर्मुस सुन्तली, नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका मुना थापामगर, डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ, भोजपुरी नायिका तथा कुशल नृत्यांगना रानी चटर्जी, सिमा सिंह, भोजपुरी नायिका परिनिका शर्मा, कुशल कार्यक्रम संचालक सुशिल नेपाल लगायतका कतार जाँदैछन् ।इदको दोश्रो दिन सनैया औद्योगिक क्षेत्रको ३७ नम्बर एसियन टाउन स्थित ग्राण्डमलमा साँझ ६ बजेबाट सुन्तली धुर्मुस साँझ सुरु हुनेछ । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिने आयोजक कल्याण घिमिरेले बताएका छन् । दर्शकहरुले प्रत्यक्ष भेटेर नै गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सक्ने धुर्मुस सुन्तलीले बताएका छन् ।

https://www.youtube.com/watch?v=3gObgI690qE  

वैशाख २९ बाट निर्माण कार्य थालनी भएको गिरान्चौरमा ६५ घरकै जग खनिसकिएको छ । तीन वटा ब्लकमा एकै हिसाबले काम गराउनका लागि आवश्यक मात्रामा डकर्मी, सिकर्मीको व्यवस्था पनि गरिसकिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । बस्तीमा सहज रुपमा निर्माण सामग्री ढुवानी गर्न सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा छ । यद्यपी, सिमेण्ट, रडलगायतका निर्माण सामग्री केहि मात्रामा बस्तीमा पुगिसकेको छ भने कतिपय ढुवानीकै क्रममा रहेका छन् । सडक र पानी अभावका कारण काममा केहि ढिलाई भएपनि दशैँ अघि नै काम सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ । वर्षाका कारण अनेक समस्या उब्जीरहे पनि दिनरात काम गरेर भएपनि दशैँ सम्ममा बस्ती हस्तान्तरण गर्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

चार करोड सहयोग संकलन करिब ५ करोड अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि अहिलेसम्म सहयोगी मनहरुबाट करीब चार करोड रुपैँया सहयोग संकलन भएको छ । कतिपय ठाउँमा बस्ती निर्माणका लागि सहयोग संकलन भइरहेकाले छिट्टै नै उक्त लक्ष्य पुरा हुने उनीहरुको अपेक्षा छ । यो लक्ष्य पुरा हुने बित्तिकै यो परियोजनाका लागि सहयोग संकलन कार्य बन्द गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले देश विदेशमा सहयोग अभियान चलाउनु हुने सहयोगी मनहरु समक्ष जति सक्दो छिटो उक्त सहयोग रकम संकलन गरेर पठाउन आग्रह समेत गरेको छ । बस्ती निर्माणका लागि उठाइएको सबै रकम ५ करोड पुग्नु भन्दा अघि नै जम्मा भएमा लक्ष्य पुरा हुने बित्तिकै सहयोग संकलन कार्य यो परियोजनाका लागि बन्द गरी खर्चको विवरण सार्वजनिक गरिने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । फाउण्डेशनलाई सहयोग गर्न चाहने दाताले जुन सुकै समयमा सहयोग गर्न सक्ने भए पनि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि भने अनुमानीत लागत पुरा हुने बित्तिकै सहयोग संकलन कार्य रोक्ने उनको भनाई छ । परियोजनाका लागि रकम अपुग भएमा फेरी आव्हान गरेर सहयोग संकलन गर्ने बताउँदै उनले जुन विश्वासले सहयोग जुटीरहेको छ त्यो विश्वास तोडीने कुनै पनि काम नहुनेमा ढुक्क हुन सबैसँग आग्रह पनि गरेकी छिन् । एक लाख ७४ हजार खातामा रहेको समयमा बस्ती निर्माण घोषणा गरिए पनि अहिले चार करोड रुपैँया जम्मा भइसकेकाले सबै सहयोगी मनहरुलाई उनीहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप