सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार निरन्तर ओरालो

मङ्गलबार, २१ असार २०७३, १६ : ५९
मङ्गलबार, २१ असार २०७३
काठमाडौ–शेयर बजार आज पनि ३.८० अंकले घटेको छ । आइतवारवाट नै घट्न थालेको बजारले आजपनि निरन्तरता लिएको हो । सोमवार शेयर बजार २.३७ अंकले घटेको थियो भने आइतवार बजार ४.०३ अंकले घटेपनि कारोवार रकम भने एक अर्ब ८५ करोड रुपैयाँ भन्दावढी थियो । आज नेप्से परिसूचक १७१३.०३ अंकमा झरेर अडिएको छ । दिनभर १ सय ३९ कम्पनीको १९ लाख ५ हजार ४ सय ४१ कित्ता शेयर किनवेचवाट एक अर्व २९ करोड ६८ लाख ८१ हजार ९ सय ४० रुपैयाँ कारोवार भएको छ । आज उत्पादनसमूह २३.१२, अन्य समूह ५.८७ र जलविद्युत समूहको सूचक ५.१ अंकले बढेका छन् भने बैकिङ समूह ०.२२, होटल समूह ३.८३, विकास बैक १६.६४, फाइनान्स समूह ६.८५ र बीमा समूहको सूचक ७५.५१ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप