सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२ दिनकी शिशु बेवारिसे अवस्थामा जिउँदै भेटिएपछि...

मङ्गलबार, २१ असार २०७३, १७ : ४१
मङ्गलबार, २१ असार २०७३

वीरगंज–हेर्दै लोभलाग्दो सुन्दर करिब २ दिनकी नवजात शिशु जनकपुर उपमहानगरपालिका–१४ स्थित पिडारी चोकको पछयारिया टोलमा फालिएको बेवारिसे अवस्थामा फेला परेको छ । रेल्वे लिकको उत्तरतर्फ १०० मिटर खाली चौरमा शिशु भेटिएको हो ।

जन्म भएको दुई दिनको जस्तो देखिने शिशु बेवारिसे तवरबाट फालिएको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि ईलाका प्रहरी कार्यालय मुझेलिया जनकपुरमा खबर गरेका थिए ।

प्रहरी टोलीले तत्काल उद्दार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि राखिएको छ । उक्त शिशु कसको हो भन्ने कुरा खुलेको छैन । बालिका के कसरी फालिएको हो त्यस सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप