मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

६ बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न

मङ्गलबार, २१ असार २०७३, १८ : ०८
मङ्गलबार, २१ असार २०७३

काठमाडौं – टुरिष्ट गाइडहरुको छाता संगठन राष्ट्रिय टुरिष्ट गाईड एशोसिएन अफ नेपाल(टुर्गान)ले ६ बँुदे घोषणपत्र जारी गर्दै दोस्रो राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन सम्पन्न गरेको छ ।

दिगो पर्यटनका लागि व्यवसायीक दक्षता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले पर्यटन क्षेत्रलाई दिगो बनाइराख्न पथपर्दशकहरुको बिमा गरिनुपर्ने, पथपर्दशकका लागि छुट्टै शैक्षिक व्यवस्था तयार गर्नुपर्ने, पथपर्दशकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, टिप्सको व्यवस्था गरिनुपर्ने, पुरातात्विक क्षेत्रहरुको आधिकारीक अनुमति पाउनुपर्ने लगायतका मागसहितको घोषणा पत्र जारी गरेको छ ।

आज राजधानीमा सम्पन्न सम्मेलनमा (टुर्गान) का महासचिव हेमविक्रम शाहीले ६ बुँदे घोषणा पत्र जारी गर्दै यथाशक्य छिटो मागहरुको सम्बोधन गरिनुपर्ने कुरामा जोड दिएका हुन् ।

त्यस्तै कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गाइडहरुका जायज मागहरु पुरा गर्न सरकार तत्पर रहेको बताए ।

टुर्गानका अध्यक्ष नगेन्द्र चन्दले पथप्रदर्शकहरुको शिक्षा प्रणालीमा सुधार गरेर गाईड उत्पादनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए ।

एमाले केन्द्रिय सदस्य तथा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले गाइडहरुको जायज मागहरुको सम्बोधन गरिनुपर्ने बताउँदै गाइडहरुलाई आफ्नो पेशाप्रति निष्ठावान हुन आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन बोर्डको तर्फबाट टुरिष्ट गाईडहरुको दक्षता अभिवृद्धिको लागि प्रयास भइरहेको बताए ।

त्यस्तै बरिष्ठ पर्यटन व्यावसायी एबं योगा एसोसिएसनका अध्यक्ष मोहन लम्सालले गाइडहरु दक्ष भएमा मात्र पर्यटन क्षेत्रको समुचित विकाश सम्भव रहेको भन्दै गाईडहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न खाले तालिमहरु आवश्यक रहेको बताए ।

यसैविच टुर्गानले विभिन्न विभागहरु सामेल १ सय ११ सदस्यिय राष्ट्रिय परिषद् समेत घोषणा गरेको छ । कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधिका साथै राजनीतिज्ञ, पत्रकार र व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप